हजुरलाइ मैले गर्ने
बिश्वाश
हिमालको चुचुरामा
ठोक्किदै
हरेक बिहानि घामको पहिलो झुल्का
मेरो निर्दोष अनुहारमा आएर ठोकिएको हुन्छ
हजुरलाई मैले गर्ने
बिश्वाश
समुन्द्रको निश्चल पानिको लहरलाई
छुदै
तैरीएर मकाहा
हरेक रात आईपूगेको हुन्छ
तर
मैलै गरेको त्यो
हजुरमाथिको बिश्वाश
यसरी भैदियो
आज
विस्वाशको नदि बगिरहेछु
तर
समुद्र नपुग्दै
किन
म देखि
भाग्दैछ बिस्वाश
बिश्वाशका
भङ्गारभित्र किन
जकटिरहेछु
एक्कासी
त्यो मैले हजुरलाई गरेकि बिश्वाश
पारि तरेको छ
आज
किनारै किनार
कठालाे समातेर
आफ्नै
अनुहार हेर्छु
ठ्याक्कै अमिबाजस्ताे
बदलिरहको पाउछु
त्यो हिमालको चुचुरामा ठोक्किएर आएको चमक मेटिएको छ
विस्वाशको हरियो टापु
कालो बनेको छ।।