Sunday, January 24, 2021
Home > मुख्य खबर > तरुण महासचिव शाही अल्बानिया प्रस्थान

तरुण महासचिव शाही अल्बानिया प्रस्थान

काठमाडौँ, ३० असार । नेपाल तरुण दलका महासचिव भूपेन्द्रजंग शाही अल्बानिया प्रस्थान गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय समाजवादी युवा संघको निमन्त्रणामा एकहप्तासम्म अल्बानियामा हुन लागेको अन्तर्राष्ट्रिय युवा नेताहरुको सम्मेलनमा भाग लिन शाही आज अल्बानिया प्रस्थान गर्नुभएको हो । विश्वका ९० देशका एक हजार ५०० भन्दा बढी युवा नेता भेला हुने उक्त सम्मेलनमा विश्वभरका युवाहरुको हक, हित, क्षमता विकास, उन्नती, प्रगतीका विषयमा छलफल हुनेछ ।

सम्मेलनमा महासचिव शाहीले नेपालको शान्ति प्रक्रिया र संविधान कार्यान्वयनमा युवाहरुको भूमिकाबारे विश्वका युवा नेतालाई जानकारी गर्ने कार्यक्रम रहेको छ । महासचिव शाहिले नेपालको पर्यटन विकासका लागि विश्वका युवा नेताहरुलाई नेपाल भ्रमण गर्नसमेत निम्ता दिनुहुनेछ ।

Leave a Reply