Saturday, January 23, 2021
Home > राजनीति > नेत्री कोइराला कोरीया प्रस्थान

नेत्री कोइराला कोरीया प्रस्थान

काठमाडौँ, २१ असार । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइराला एशिया युरोप राजनीतिक दलको पहिलो सम्मेलन तथा एशियाली राजनीतिक दल (आइक्याप)को २८ औँ सम्मेलनमा भाग लिन कोरीया प्रस्थान गर्नुभएको छ ।

नेत्री कोइराला यहि जुलाई ६ देखि ९ गतेसम्म कोरीयामा हुने तेस्रो आइक्यापको मिडिया फोरममा समेत सहभागिता जनाउन आज दिउँसो त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

पूर्व उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री समेत रहनुभएकी नेत्री कोइरालाले भारत, चीन, फिलिपिन्स, कोलम्बिया, इरान, इण्डोनेसिया र श्रीलङ्काका राजनीतिक दलका नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । सो अवसरमा नेत्री कोइरालाले कोरीयाका उप परराष्ट्रमन्त्री को ह्युन तथा राष्ट्रिय सभाका सभामुख चुङ से कुङसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । नेत्री कोइराला आइक्यापको स्थायी सदस्य समेत हुनुहुन्छ ।

Leave a Reply