Saturday, January 16, 2021
Home > मुख्य खबर > तरुण महामन्त्री शाही पुर्बको घरदैलो कार्यक्रममा भोट माग्न ब्यस्त ।

तरुण महामन्त्री शाही पुर्बको घरदैलो कार्यक्रममा भोट माग्न ब्यस्त ।

तरुण महामन्त्री शाही पुर्बको घरदैलो कार्यक्रममा भोट माग्न ब्यस्त।

२०७४ असार ८ गते

काठ्माण्डौ । नेपाल तरुण दलका महामन्त्री भुपेन्द्रजंग शाही दोस्रो चरणको निर्वाचनको लागि पुर्बान्चलमा घर घर गयर भोट माग्न ब्यस्त भयका छन। पार्टीको घरदैलो कार्यक्रममा अन्तर्गत विभिन्न गाउँ गाउमा गयर जनता सङ प्रत्यक्ष भेटघाट तथा कांग्रेस लाई बिजयी गराउन आग्रह गरेका छन। यहि क्रममा शाहीले कांग्रेसलाई हराउने ताकत कसैको नभएकोले कांग्रेस लाई बिजयी हुन बाट कसैले रोक्न नसक्ने बताएका छन।महामन्त्री शाहि चुनावी प्रसारका लागि झापा, मोरङ, सुनसरी, धनकुटा लगायत देश दौडाहामा होमिएका छन् । झण्डै दुई दशकपछि भएको स्थानिय तहको निर्बाचनमा नेपाली कांग्रेसका उम्मेद्वारहरुलाई बिजयी गर्ने अभियानमा शाही देश दौडाहामा होमिएका हुन् । नेपाली कांग्रेसका युबा नेता शाही चुनावी प्रचार प्रसार अन्तरर्गत पूर्वी नेपालका बिभिन्न जिल्लाहरुमा रहेका छन् । मुलुकलाई सम्बृद्धिको बाटोमा डोर्‍याउन कांग्रेसले चुनाव जित्नुपर्ने शाहीले बताए । उनले मुलुकका हरेक परिवर्तनहरु कांग्रेसको नेतृत्वमा मात्र सम्भव भएको बताउदै नेपाली कांग्रेसकै नेतृत्वमा सिंहदरबारको अधिकार गाँउ गाँउमा आएको दावी गरे । उनले भने, कांग्रेसले नै बहुमत स्थानिय तहमा बिजयी हुनुपर्छ । किनभने दुई दशकसम्म पनि हुन नसकेको स्थानिय तहको निर्बाचन गर्न नेपाली कांग्रेसले नै निर्णायक भुमीका खेलेको छ ।

Leave a Reply