Monday, January 25, 2021
Home > mophosala > कालिकोटमा कालोबजारीको बिगबिगी–अध्यक्ष बानियाँ

कालिकोटमा कालोबजारीको बिगबिगी–अध्यक्ष बानियाँ

बिस्नप्रसाद न्यौपाने कालिकोट । उपभोक्त हित संरक्षण नेपालका केन्द्रीय अध्यक्ष ज्योती बानियाँले कालिकोटमा कालोबजारीको बिगबिगी रहेको बताउनुभएको छ । उपभोक्त हित संरक्षण नेपालको आयोजना, उपभोक्त हित संरक्षण मञ्च कालिकोटको समन्वय तथा आपुर्ति मन्त्रालयको सहकार्य मंगलबार कालिकोट जिल्लाको सदरमुकाम मान्ममा आयोजित उपभोक्ता सचेतना गोष्ठीमा बोल्दै अध्यक्ष बानियाँले यस्तो बताउनुभएको हो ।
उपभोक्त हित संरक्षण मञ्च कालिकोटका अध्यक्ष रबिन्द्र शाहीको अध्यक्षता तथा माननिय सांसद तुलाराज बिष्टको प्रमूख आतिथ्यतामा भएको कार्यक्रममा  उहाँले आफु कालिकोट आएको वेला कुनै एक पसमा भेष्ट खरीद गर्न जाँदा रु ३ सय बाट घटेर एक सय २० मा  खरीद गरेको अनुभव सुनाउदै अनुहार हेरेर मुल्य निर्धारण गर्ने  व्यपारीहरुलाई कारबाही गरिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, कुनै पनि पसलमा मुल्य सूची छैन्,  अनुहार हेरेर व्यपारीले सामानको मुल्य निर्धारण गर्छन् । जिल्लामा रहेको एक मात्र डेरी कवाड छ । मासु पसलहरुमा राखिएको कुखुराको मासु त झन डरलाग्दो छ । नाप तौलको ढकहरुमा पनि समस्या छ । पाँच कुने सरकारले प्रतिबन्ध लगाएका ढकहरु प्रयोग गरिएका छन् । दैनिक उपभोग्य बस्तुहरु समेत म्याद नाघेका  बिक्रि बितरण भईराखेका छन् ।
उहाँले प्रमूख जिलला अधिकारी र जिल्ला प्रहरी प्रमूखलाई अनुरोध गर्दै भन्नुभयो, बजार अनुगमनलाई प्रभावकारी बनाईयोस । जनताको लागी इमान्दार बनिदिनुस । बजारमा म्याद नाघेका बस्तुहरु , मुल्य सूची भए नभएको, पसलहरु दर्ता भए नभएको, बस्तुको गुणस्तरका बारेमा अनुगमन गरियो । कार्यक्रममा प्रमूख अतिथि माननिय सांसद तुलाराज बिष्टले उपभोक्ता ठग्ने व्यपारीहरुलाई सजायको भागीदार बनाउन सम्बन्धित पक्षको सक्रियता आवश्यक रहेको बताउनुभयो । उहाँले जिल्लाका सबै बजारहरुमा अनुगमनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा माननिय जिल्ला न्यायधिश केशवराज पाण्डेले उपभोक्ता सचेत नभए बजारको लाप्रबाही नियन्त्रण हुन नसक्ने बताउनुभयो । उहाँले यसका लागि कानुनी उपचारका लागि सबैले चासो दिन आग्रह गर्नुभयो । कार्यक्रममा प्रमूख जिल्ला अधिकारी गिरीधारी सुवेदीले बैशाख ३१ गतेको स्थानिय तहको निर्बाचनका कारण बजार अनुगमन गर्न नसकिएको बताउदै अबका दिनहरुमा प्रभावकारी अनुगमन गरी नियन्त्रणात्मक अभियान थाल्ने प्रतिबद्धता जनाउनुभयो । उपभोक्त हित संरक्षण नेपालका सचिव बिष्णुप्रसाद तिमिलसेनाले सचेत उपभोक्ता, जिम्मेबार  सेवा प्रदायक र बिक्रेताहरु नहुँदा बजारमा बगी भएको बताउनुभयो ।
कार्यक्रममा खाँडाचक्र नगरपालिकाका मेयर जसीप्रसाद पाण्डे, उप मेयर बिजया बिष्ट, नेपाली कांग्रेसका सहसचिव दमनबहादुर शाही, माओबादी केन्द्रका नेता अनीपाल शाही, नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष तुलाराम पाण्डे, हेल्भेटास नेपालका कार्यक्रम व्यवस्थापन लेखनाथ खरेल लगायतका सरोकारवालाहरुले  जिल्लामा रहेको ठगी, सिण्डीकेट, कालोबजारी, नियन्त्रणका लागि सामुहिक अभियान थाल्नुपर्ने बताएका छन् । उनीहरुले पछिल्लो समय तरकारी जन्य बस्तुहरुमा रसायन तथा बिषादीको प्रयोग बढ्दै गएको बताउदै यसलाई पनि नियन्त्रण गर्नुपर्ने बताए ।

Leave a Reply