Saturday, January 16, 2021
Home > mophosala > क्यानसर पीडित बालिका मन्सरालाई तारा शाहाबाट २० हजार ससहयोग

क्यानसर पीडित बालिका मन्सरालाई तारा शाहाबाट २० हजार ससहयोग

कालिकोट । कालिकोट जिल्लाको रास्कोट नगरपालिका वडा नं. ७ पुच्छेगाउकी ४ बर्षिया क्यानसर पीडित मन्सरा लुवारलाई कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका १ निवासी महिला अधिकारर्की तथा निर्माण व्यवसायी तारा शाहले २ण् हजार नगद सहयोग गर्नुभएको छ ।  २०७० साल बैशाख १० गते बुवा रने लुवार, आमा रन्जना लुवारको कोखबाट कान्छी छोरीको रुपमा जन्मिएकी क्यानसर पीडित मनसरालाई रफत संचार क्लव कालिकोटले थालेको मनसरा बचाउ अभियान अन्तरगत सुपरस्टार कन्ष्ट्रक्सनकी म्यानेजिङ डाईरेक्टर शाहाले उक्त रकम सहयोग गर्नुभएको हो ।
आफ्नो आखाँमा लागेको चोटको आर्थिक अभावका कारण समयमै उपचार नपाउदा ठुलो पीडा भोगीरहेकी मनसरालाई सहयोग गर्न रफत संचार क्लव कालिकोटले थालेको आर्थिक सहयोग संकलन अभियान थालेको छ । आर्थिक अभावकै कारण एकजना बालिकाले मृत्युको सिकार हुन नपरोस भन्ने उद्देश्यले थालिएको अभियानमा बुधबार रफत संचार क्लव कालिकोटले २९ हजार ८ सय २० रुपैया आर्थिक संकलन गरी शानिमा बैक शाखा कालिकोटमा क्यानसर पीडित बालिका मनसराको नाममा रहेको ०४४००००००१०० नम्बर खातामा जम्मा गरिएको र क्लव अध्यक्ष बिस्नप्रसाद न्यौपानेले बताउनुभयो ।
उहाँले रफत संचार क्लव कालिकोटमा आवद्ध संचारकर्मीहरुले मानवियताका हिसावले जिल्लाका बिभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा आर्थिक सहयोग संकलन गरी पीडित बालिकाको खातामा जम्मा गरिदिएको र अन्य निकायहरुलाई पनि सहयोगका लागि आग्रह गर्दै मनसरा बचाउ अभियान थालिएको बताउनुभयो ।

Leave a Reply