Monday, January 18, 2021
Home > mophosala > कालिकोटमा व्यवसायीक स्याउ खेती फस्टाउदै

कालिकोटमा व्यवसायीक स्याउ खेती फस्टाउदै

बिस्नप्रसाद न्यौपाने कालिकोट ।  कालिकोट जिल्लाका बिभिन्न गाउपालिका तथा नगरपालिकाका लेकाली भेकहरुमा व्यवसायीक स्याउ खेती फस्टाउदै गएको छ । बर्षेनी जिल्ला विकास कार्यालयले अनुदानमा निशुल्क बिरुवा बितरण गर्दै स्याउ मिसन कार्यक्रम मार्फत बार्षिक रुपमा प्रतिबिरुवा एक सयका दरले उपलब्ध गराउदै आएको सरकारी अनुदान तथा व्यवसायीक स्याउ खेतीबाट राम्रो आम्दानी गर्न थालेपछि स्याउ खेती गर्ने कृषकहरुको  सक्रियताका कारण व्यवसायीक स्याउ खेती फस्टाउदै गएको हो ।
जिल्लाका रास्कोट नगरपालिकाको सिप्टी बिशालीको लेकाली क्षेत्र, तिलागुफ नगरपालिकाको लेकाली क्षेत्र तथा महाभै गाउपालिकाको लेकाली क्षेत्रहरुमा हजारौ हेक्टर जमीनमा स्थानिय कृषकहरुले व्यवसायीक स्याउ खेती गर्दै आएका छन् । रास्कोट नगरपालिकाको फुकोट, स्यूना, सिपखानाका कृषकहरुले मात्र प्रति परिवार ५ सय भन्दा माथि २ हजार ५ सय सम्म बिरुवा रोपी बगैचा निर्माण गरिएको स्यूनाका अगुवा कृषक कलबहादुर रोकायले बताउनुभयो । उहाँले परिवारको आर्थिक अवस्था सुधारका लागि स्याउ खेतीलाई अँगालेको बताउनुभयो । उहाँले भन्नुभयो, मैले मेरो फल्ने बिरुवाहरु झण्डै ५ सय रहेको र जिल्ला कृषि विकास कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति तथा सयोगी हातहरुको समूह साहस नेपालको सहयोगमा सोलार स्टोर  तथा बढीमालिका स्याउ प्रसोधन उद्योगको पनि स्थापना गरिएको छ ।
यस्तै रास्कोट नगरपालिका अन्तरगत सिपखानाका अगुवा कृषक परीलाल न्यौपानेले आफुले सिप्टीको लेकमा झण्डै ५ सय स्याउका बिरुवा र एक सय ओखर, एक सय टिमुरको सयुक्त बगैचा निर्माण गरिएको बताउनुभयो । उहाँले बर्षेनी तरकारी खेतीबाट २ लाख भन्दा बढी आम्दानी गर्दै आउनुभएका अगुवा कृषक न्यौपानेले स्याउ फल्न थाले पछि आफ्नाृ आम्दानीमा दोेब्बर हुने दावी गर्नुभयो ।
जिल्ला कृषि विकास कार्यालय प्रमूख सुनीलकुमार सिंहले जिल्लाका साविकका स्यूना, सिपखाना, फुकोट, सुकाटिया, राचुली, चिल्खाया, फाईमहादेव गाविसलाई स्याउ पकेट क्षेत्रका रुपमा बिकास गरी स्याउ खेतीलाई प्रबद्र्धन गर्न कार्यालयले बिभिन्न क्रियाकलापहरु गरिएको बताउनुभयो । उहाँले कालिकोट जिल्ला स्याउमा आत्मनिर्भर भईसकेको र बार्षिक रुपमा जिल्ला बाहिर निर्यात समेत बढीरहेको बताउदै  जिल्लाको आर्थिक सम्बृद्धिका लागि स्याउ खेतीले महत्वपुर्ण भुमीका खेलने बताउउनुभयो । जिल्ला कृषि विकास कार्यालयका प्रास प्रशुराम काफ्लेले कालिकोटमा अग्रानिक स्याउ उत्पादन भईरहेको बताउदै यस बर्ष नियमित बर्षा भईरहेकाले उत्पादनमा पनि बृद्धि हुने बताउनुभयो । उहाँले बर्षेनी खडेरीको मार खेपिरहेका यहाँका कृषकहरुका लागि यो बर्ष उत्पादन बर्ष हुने बताउनुभयो ।

Leave a Reply