Monday, January 25, 2021
Home > mophosala > कालिकोटमा माओबादी केन्द्रले उम्मेद्वारको टुङगो लगायो

कालिकोटमा माओबादी केन्द्रले उम्मेद्वारको टुङगो लगायो

कालिकोट । नेकपा माओबादी केन्द्र कालिकोटले जिल्लाका ९ वटै स्थानिय तहमा आफ्ना उम्मेद्वारहरुको टुङगो लगाएको छ । आगामी बैशाख ३१ गते हुन गईरहेको स्तानिय तहको निर्बाचनमा जिल्लाका अधिकांश स्थानिय तहमा बिजय हासिल गर्न माओबादी केन्द्र कलिकोटले केही असहमतिका बाबजुत पनि ९ वटै स्थानिय तहका प्रमूख तथा उपप्रमूखहरुको टुङगो लगाएको हो ।
माओबादी केन्द्रका नेता नेत्रराज शाहीका अनुसार माओबादीले जिल्लाका तीन वटा नगरपालिकाहरु खाँडाचक्र नगरपालिकामा मेयर पदका लागि युवा नेता लक्ष्मी चौलागाई, उपमेयरमा महिला नेत्री गंगा बुढा, रास्कोट नगरपालिकामा मेयरका लागि पुर्व गाविस अध्यक्ष कासिचन्द्र बराल, उपमेयरमा महिला नेत्री मिमसरा शाही, तीलागुफा नगरपालिकामा मेयरका लागि पुर्व जनमुक्ति सेना रतनबहादुरलाई सिफारिस गरेको छ ।
यस्तै जिल्लाका ६ वटा गाँउपालिकाहरु सबै भन्दा बढी मतदाता भएको नरहरीनाथ गाउपालिकामा प्रमूखका लागि अग्रबहादुर बिष्ट, उपप्रमूखमा मनसोभा बुढा, कालिका गाउपालिकामा प्रमूखका लागि गोबिन्द आचार्य, उपप्रमूखका लागि सुनपुरा रोकाया, पचालझर्ना गाउपालिकामा प्रमूखका लागि खड्ग सेजुवाल र उपप्रमूखमा तारा न्यौपाने,  पलाता गाउपालिकामा प्रमूखका लागि लक्ष्मण बम, उपप्रमूखका लागि दाना न्यौपाने, शान्नि त्रिवेणी गाउपालिकामा प्रमूखका लागि डिबी शाही, उपप्रमूखमा होईजा शाही र महावै गाउपालिकामा प्रमूखका लागि पुर्व शिक्षक सर्पराज सिंहलाई सिफारिस गरिएको छ ।
नेकपा माओबादी केन्द्रका युवा नेता खेमबहादुर सिंहले आउने बैशाख ३१ गते हुन गईरहेको स्थानिय तहको निर्बाचनमा माओबादी केन्द्रले बहुमत स्थानिय तहमा बिजय हात पर्ने बताउनुभयो । यस्तै माओबादी केन्द्रका अर्का नेता दिनेश चदाराले पार्टीले उम्मेद्वार छनौटमा दलित समुदायको प्रतिनिधित्व नगरेको बताउदै यस बिषयमा पार्टीमा छलफल गर्नुपर्ने बताउनुभयो । उहाँले बिभिन्न पार्टीमा आबद्ध दलित समुदायका नेताहरुको भेला भएर प्रमूख पदमा दलित समुदायलाई उम्मेद्वारी नदिएको प्रति असन्तुष्टि राख्दै जिल्लामा क्रियाशील सबै पार्टीहरुले झण्डै ४० प्रतिशत जनसंख्या रहेको दलित समुदायलाई व्यवास्ता गरेको बताउनुभयो । उहाँले भन्नुभयो, माआबादी पार्टीले बिगतदेखी भन्दै आएको राज्य सक्तामा दलित समुदायको प्रतिनिधित्व तथा पार्टीको सिद्धान्त र दलित समुदायलाई दिने भनिएको बिशेष अधिकारलाई नै लत्याएर कालिकोटमा टिकट बितरण गरेको छ । यसमा हाम्रो असहमति छ ।

Leave a Reply