Saturday, January 23, 2021
Home > mophosala > प्रमुख पदमा उम्मेदवारी नपाउदा दलित अगुवा आन्दोलित

प्रमुख पदमा उम्मेदवारी नपाउदा दलित अगुवा आन्दोलित

कालिकोट । जिल्लामा मुलुकका प्रमूख दलहरुले  स्थानिय तहको निर्बाचनमा नगर तथा गाउँपालिकामा दलित नेताहरुलाई प्रमुख पदमा उम्मेदवारी नदिएपछि जिल्लाका दलित अगुवाहरु आन्दोलित भएका छन् । नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र लगायतका प्रमूख राजनीतिक दलहरुमा जिल्लाका ९ वटै स्थानिय तहमा दलित समुदायका नेताहरुलाई नसमेटेर गैरदलित नै पहिलो प्राथमिकतामा राखेर नाम सिफारीस गरेपछि जिल्लाका दलित अगुवाहरु आन्दोलित भएका हुन् ।
जिल्लामा रहेका सबै राजनीतिक दलका दलित संगठनहरुको समन्वयमा जिल्लामा छुट्टै भेला भएर आन्दोलन गर्ने तयारी गरिरहेका छन् । उनीहरुले पहिलो चरणमा सबै प्रमूख पार्टीहरुमा पहिलो चरणमा ध्यनाकर्षण गराउने, ज्ञापनपत्र बुझाउने र प्रत्येक दलले कम्तीमा एक गाउँ वा नगरपालिकामा उम्मेदवार बनाउनका लागि दबाब दिने योजना रहेको बताएका छन् । नेकपा माओबादी केन्द्रका जिल्ला सदस्य तथा तिलागुफा नगरपालिकाका मेयरका आकांक्षि दिनेश चदाराले नेपालीमा समावेशीताको आन्दोलनको नेतृत्व माओबादीले गरेको भएपनि बास्तबिक रुपमा माओबादीले समेत दलित समुदायलाई उपेक्षित गरेको बताउनुभयो । उहाँले भाषणमा जति ठुला गफ गरेपनि पार्टीले व्यवहारमा कार्यन्वयन नगरेकाले आफुहरुको असहमति रहेको बताउनुभयो । राप्रपाका नेता जहा सुनारले सबै दलहरुले स्थानिय तहको निर्बाचनमा प्रमूख पदमा दलित समुदायको प्रतिनिधित्व बन्धेज लगाए आफुहरुले निर्बाचन नै बहिस्कार गर्ने बताउनुभयो । उहाँले जिल्लामा झण्डै ४० प्रतिशत दलित समुदायको बसोबास रहेको बताउदै यसका लागि सबै दलहरुले चनाखो हुनुपर्नेमा जोड दिनुभयो ।
कम्तीमा तीन जना दलित समुदायका नेताहरुलाई प्रमूख पदमा माओवादी केन्द्रले तीलागुफा नगरपालिका, पलाता र नरहरीनाथ गाउँपालिकामा दिने विस्वासमा रहेको भएपनि त्यहाँ पनि आफुहरुलाई पेलेर लिएपछि माओवादी केन्द्र समर्थक दलित नेताहरुको अगुवाइमा ध्यानाकर्षण पत्र बुझाउन लागिएको बताइएको छ । माओवादी केन्द्रले तिलागुफा नगरपालिका, नरहरीनाथ र  पलांता गाउँपालिकामा दलित उम्मेदवार बनाउने व्यापक रुपमा प्रचार भएपनि अन्ततः नरहरिनाथ गाउँपालिकामा विष्णु विकको स्थानमा अग्रबहादुर विष्ट, पलांता गाउँपालिकामा अनन्त विकको स्थानमा लक्ष्मण बमलाई सिफारिस गरेको छ भने तिलागुफामा दिनेश चदाराको स्थानमा रतनबहादुर शाहीलाई सिफारिस गरेपछि माओबादी केन्द्र समर्थक दलित नेताहरु असन्तुष्ट भएका छन् ।

Leave a Reply