Sunday, January 24, 2021
Home > special_two > बैशाख ३१ पछि मुलुक कांग्रेसमय बन्छ–महामन्त्री शाही

बैशाख ३१ पछि मुलुक कांग्रेसमय बन्छ–महामन्त्री शाही

बिस्नप्रसाद न्यौपाने मुगु । नेपाल तरुण दलका महामन्त्री भुपेन्द्रजंग शाहीले यही बैशाख ३१ गते हुन गईरहेको स्थानिय तहको निर्बाचन पछि मुलुक कांग्रेसमय बन्ने दाबी गर्नुभएको छ । नेपाल तरुण दल मुगुले आयोजना गरेको बिशाल आमसभालाई सम्बोधन गर्दै कर्णालीकै चर्चित युवा नेता तरुण महामन्त्री शाहीले नेपाली जनताको जनमत कांग्रेससँग रहेको बताउदै यस्तो दाबी गर्नुभएको हो ।
नेपाल तरुण दल मुगुका अध्यक्ष रमेश मल्लको अध्यक्षतामा भएको कार्यक्रममा प्रमूख अथिति समेत रहनुभएका महामन्त्री शाहीले नेपाली कांग्रेसकै पहलमा हुन गईरहेको स्थानिय तहको निर्बाचनमा नेपाली कांग्रेस दुई तिहाई बहुमतमा बिजयी हुने बताउनुभयो । उहाँले भन्नुभयो, माओबादी र एमालेहरु  निर्बाचन गर्ने पक्षमा भएको भए यो भन्दा अघिल्लो केपी ओलीकै नेतृत्वमा भएको सरकारले चुनाउव गर्ने थियो तर गरेन । अहिले नेपाली कांग्रेसको नेतृत्वमा माओबादी अध्यक्ष प्रचण्डलाई कुर्चिमा राखेर २० औ बर्षसम्म हुन नसकेको स्थानिय तहको निर्बाचन हुन लागेको छ । महामन्त्री शाहीले भन्नुभयो, नेपाली कांग्रेसको पहलमा स्थानिय तहको निर्बाचन हुने तर माओबादी र एमालेलाई बिजयी हुने अधिकार जनताहरुले किन दिने ।
मुलुकको संघिय पुनर्संरचना अनुसार निर्माण भएको कर्णाली प्रदेश सबै प्रदेशहरुको तुलनामा उत्कृष्ट प्रदेश हुने बताउदै महामन्त्री शाहीले जसका लागि नेपाली कांग्रेसले कार्ययोजना सहित जनताको माझमा जाने बताउनुभयो । उहाँले कर्णाली प्रदेशमा भएको जल, जंगल, जडिबुटी, खनिज, पर्यटकिय स्थलहरु, ताल तलैया, झर्नाहरुलाई व्यवस्थित रुपमा अगाडी बढाए कर्णाली प्रदेश सुन्दर र समृद्ध प्रदेश बन्ने ठोकुवा समेत गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेस मुगुका पुर्व राज्यमन्त्री हष्तबहादुर मल्ल, नेपाली कांग्रेस मुगुका पार्टी सभापती खड्गबहादुर शाही, नेपाल बिद्यार्थी संघका केन्द्रीय सदस्य अर्जुन बम, लोकबहादुर शाही लगायतका वक्ताहरुले अबको स्थानिय तहको निर्बाचनमा कांग्रेसको बिजय कसैले पनि रोक्न नसक्दे बताएका छन् ।

Leave a Reply