Thursday, January 21, 2021
Home > mophosala > महिला नेतृत्व ल्याउन चुनावी अभियानमा महिला

महिला नेतृत्व ल्याउन चुनावी अभियानमा महिला

बिस्नप्रसाद न्यौपाने कालिकोट । आउने बैशाख ३१ गते हुन गईरहेको स्थानिय तहको निर्बाचनमा महिला नेतृत्व ल्याउन कालिकोटका अगुवा महिलाहरु चुनावी अभियानमा जुटेका छन् । झन्डै दुई दशक पछि हुन लागेको स्थानिय तहको निर्बाचनको तयारीका लागि नेपाली कांग्रेस, नेकपा एमाले, माओबादी केन्द्र, राप्रपा, नयाँशक्ति नेपाल लगायतका राजनीतिक दलमा आबद्ध महिलाहरु आफुहरुले नेतृत्व हात पार्नका लागि चुनावी अभियानमा जुटेका हुन् ।
कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. ५ दाहाँमा आयोजित महिला अधिकारका बिषयमा अभिमुखीकरण गोष्ठिमा सहभागी स्थानिय महिलाहरुले अबको निर्बाचनमा महिला नेतृत्वलाई बिजयी गर्नका लागि आफुहरुको अभियान रहेको बताएका छन् । दलित महिला सशक्तिकरण केन्द्र कालिकोटका अध्यक्ष छाया सुनारको अध्यक्षता, सुपरस्टार निर्माण सेवाका प्रोप्राईटर तारा शाहाको प्रमूख आतिथ्यता तथा जिल्ला महिला समन्वय समितिका उपाध्यक्ष भावना शाहीको बिशेष आतिथ्यतामा भएको कार्यक्रममा दशकौँ पछि गरिएको नयाँ संरचना अनुसारको गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकाको निर्वाचनमा महिलाहरु नेतृत्वमा चयन गर्न महिलाहरु जागरुप अभियानमा रहेको बताए ।
नयाँ संरचना अनुसार कालिकोट जिल्लामा तीन वटा नगरपालिका र ६ वटा गाँउपालिकामा मध्य सबै भन्दा बढी गाउपालिका र नगरपालिकामा कसले बिजयी हुने बिषय मुख्य प्राथमिक्तामा रहेको छ । मुख्यगरी जिल्लामा बिगतमा नगरपालिका नभएनि नयाँ संरचना अनुसार भएका तीन वटा नगरपालिकामा प्रमूख पार्टीहरुबाट मेयर तथा उपमेयरका लागि महिलाहरुको दाबी रहेकाले पनि महिलाहरु गाँउ गाँउमा चुनावी अभियान संचालन गर्न थालेका हुन् । मुलुकका प्रमूख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओबादी केन्द्रका महिला नेताहरुले आ–आफ्नो पक्षमा माहोल बनाउन बिभिन्न कार्यक्रमहरु गरी लागि परेका छन् ।
दलित महिला सशक्तिकरण केन्द्र कालिकोटको आयोजना तथा सुपरस्टार निर्माण सेवाको सहयोगमा भएको गोष्ठिमा प्रमूख अतिथि तारा शाहाले महिलाहरुको अधिकार सुनिश्चितताका लागि महिला नेतृत्व आवश्यक रहेको बताउदै यसका लागि सबै ग्रामिण महिलाहरु जागरुप हुनुपर्ने बताउनुभयो । उहाँले महिला सशक्तिकरण बिना समाजको परिवर्तन सम्भव नभएको बताउदै सशक्तिकरणका लागि सशक्त अभियानको खाँचो रहेको बताउनुभयो । जिल्ला महिला समन्वय समितिका उपाध्यक्ष भावना शाहीले आउने बैशाख ३१ गते हुने स्थानिय तहको निर्बाचनमा महिलाहरुले आफ्नो पक्षको नेतालाई निर्बाचित गर्नका लागि सहयोग गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा दलित महिला सशक्तिकरण केन्द्रका अध्यक्ष छाया सुनारले महिला अधिकारको बहस गाँउ गाँउमा संचालन गर्न आफुहरु लागि परेको बताउनुभयो ।

Leave a Reply