Tuesday, January 19, 2021
Home > mophosala > कालिकोटमा पत्रकार पुरस्कृत गर्न अक्षयकोष स्थापना

कालिकोटमा पत्रकार पुरस्कृत गर्न अक्षयकोष स्थापना

कालिकोट । सुन्दर कालिकोट समृद्ध कालिकोटका अभियान्ता भुपेन्द्रजंग शाहीले जिल्लामा बर्षेनी उत्कृष्ट पत्रकार परस्कृत गर्नका लागि अक्षयकोष स्थापना गर्ने घोषणा गर्नुभएको छ । नेपाल पत्रकार महासंघ शाखा कालिकोटका नव निर्बाचित तुलाराम पाण्डे नेतृत्वका पदाधिकारीहरुलाई बधाई तथा सम्मान गर्दै संचार क्षेत्रबाट उत्कृष्ट बर्ष पत्रकारका रुपमा पुरस्कृत गर्न रु १ लाखको अक्षयकोष स्थापना गर्ने घोषणा गर्नुभएको हो ।
नेपाल तरुण दलका महामन्त्री तथा नेपाली कांग्रेस कालिकोटका महासमिति सदस्य समेत रहनुभएका शाहीले बर्षेनी कालिकोट जिल्लामा उत्कृष्ट पत्रकार पुरस्कृत गर्नका आफुले व्यक्तिगत रुपमा ५० हजार दिने र महासंघले अन्य सहयोगीहरुबाट ५० हजार उठाई रु १ लाखको बर्ष पत्रकारका रुपमा पुरस्कृत गर्न अक्षयकोष स्थापना गर्ने घोषणा गर्नुभयो । झण्डै एक बर्ष पहिलेदेखी सुन्दर कालिकोट समृद्ध कालिकोट अभियान थालेको अभियान्ता तथा तरुण महामन्त्री शाहीले राजनीतिमा केवल पार्टीगत क्रियाकलापमा मात्र सिमित नराखी सामाजिक उत्तरदायीत्वको पनि खाँचो रहेको बताउदै नव निर्वाचित कार्यसमितिलाई बधाई तथा सम्मानका साथै सफल कार्यकालको शुभकामना दिनुभयो ।
लामो समयदेखी बिद्यार्थी राजनीति गर्दै दोस्रो संबिधान सभाबाट नेपाली कांग्रेस कालिकोटबाट प्रत्यक्ष निर्बाचनसँगै पार्टीगत खुला राजनीतिमा आउनुभएका शाहीले संचार क्षेत्रको विकास बिना जिल्लाको समग्र क्षेत्रको विकास गर्न नसकिने बताउदै सबै संचारकर्मीहरुले व्यवसायीकता र विकास पत्रकारीतालाई ध्यान दिन आग्रह गर्नुभयो । २००७ सालमा नेपालमा प्रजातन्त्र आउछा कालिकोटका नागरिकहरुले २०११ सालमा जानकारी पाएको बुढापाकाहरुको भनाईलाई जोड्दै तरुण महामन्त्री शाहीले अहिले जिल्लामा ४ वटा सामुदायीक रेडियो, एउटा दैनिक पत्रिका, तीन वटा साप्ताहीक पत्रिका, तीन वटा अनलाईन पत्रिका संचालन भईरहेकाले नागरिकहरुलाई सुचना पाउन निकै सहज भएको बताउनुभयो । कालिकोटमा संचारप्रेमी नेताका रुपमा चिनिनुभएका तरुण महामन्त्री शाहीले उत्कृष्ट बर्ष पत्रकार पुरस्कृत गर्न व्यक्तिगत रुपमा ५० हजार सहयोग गर्ने घोषणा प्रति कालिकोट जिल्लामा क्रियाशील पत्रकारहरुले धन्यबाद दिएका छन् ।

Leave a Reply