Monday, January 25, 2021
Home > राजनीति > पलाता गाउँपालिकामा नयाँशक्तिले जित्ने दाबी

पलाता गाउँपालिकामा नयाँशक्तिले जित्ने दाबी

कालिकोट । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले आगामी बैशाख ३१ गते हुने स्थानिय तहको निर्बाचनमा कालिकोट जिल्लाको पलाता गाउपालिकामा जित्ने दाबी गरेको छ । झण्डै एक महिना अघिदेखी कालिकोटमा संचालन गरेको घरदैलो अभियान तथा संगठन बिस्तार कार्यक्रमबारे जानकारी दिन बुधबार कालिकोट जिल्लाको सदरमुकाम मान्ममा आयोजना गरेको पत्रकार सम्मेलनमा नयाँ शक्ति नेपाल कालिकोटले यस्तो दाबी गरेको हो ।
नयाँ शक्ति नेपालका केन्द्रीय सदस्य तथा जिल्ला सचिवालय सदस्य अर्जुन बमको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा पार्टी पार्टी केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला संयोजक दानबहादुर सहकारीले आगामी बैशाख ३१ गते हुन गईरहेको स्थानिय तहको निर्बाचनमा कालिकोटको पलाता गाँउपालिका जित्ने पक्का पक्की भएको दाबी गनुएभयो । उहाँले जिल्लामा एक बर्ष अगाडी पाँच जनाबाट सुरुवात भएको नयाँशक्तिको जिल्ला कमिटि अहिले एक सय एक पुग्नुका साथै जिल्ला व्यापी सास्कृतिक कार्यक्रम सहित घरदैलो अभियान थालिएको बताउदै अबको निकास आर्थिक विकास, सम्भव छ सम्बृद्धि हाम्रै पालामा भन्ने मुल नाराका साथ जिल्लामा सम्बृद्धिको अभियान थालिने बताउनुभयो ।
कार्यक्रममा नयाँ शक्ति नेपाल कालिकोटका युवा नेता लक्ष्मि भट्टराईले कालिकोट जिल्लामा घर घरमा नयाँ शक्ति पुगाउने अभियानका रुपमा थालिएको घरदैलो अभियानमा पलाता पलाता गाउपालिकाको धौलागोहमा मात्र ७ सय ९५ जना अन्य पार्टीका कार्यकर्ताहरु नयाँ शक्तिमा प्रवेश गराएको बताउदै यसले पनि स्थानिय तहको निर्बाचन जित्ने आधार बनाएको बताउनुभयो । उहाँले जिल्ला व्यापी थालिएको घरदैलो अभियानबाट जिल्लाका तत्कालिन ३० वटै गाविसमा नयाँ शक्तिको गाउ कमिटि तथा जन बर्गिय संगठनहरुको गठन गरेको जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाको मेहेलमुडी गाविसमा रहेको जनचेतना बहुमुखी क्याम्पसमा नेबिसंघ र अनेरोस्वब्यूसँगको सहकार्यमा उपसभापती, सहसचिव र एक जना सदस्य जित्नु पनि ठुलो सफलता भएको छ ।

Leave a Reply