Thursday, January 21, 2021
Home > mophosala > प्रचण्ड भारत गएको मौका पारी पूर्वएमाले एकजुट बनाउन बालुवाटारको यस्तो रणनीति

प्रचण्ड भारत गएको मौका पारी पूर्वएमाले एकजुट बनाउन बालुवाटारको यस्तो रणनीति

काठमाडौं – प्रधानमन्त्री केपी ओलीले सार्वजनिक कार्यक्रममा जति नै प्रचण्ड र माधवकुमार नेपालहरुलाई गालीगलौज गरेर उडाए पनि नेकपा विभाजन भएकोमा निकै खिन्न छन् ।

खासगरी पूर्वएमालेको ठूलो पंक्तिले आफूलाई छाडेपछि ओलीमा चिन्ता बढेको हो । पार्टीका युवा नेता र तठस्थ बस्दै आएका नेताहरूले पूर्वएमालेलाई फर्काउन प्रधानमन्त्री ओलीलाई सल्लाह दिएपछि बालुवाटारले नयाँ रणनीति अख्तियार गरेको छ ।

स्रोतका अनुसार पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि भारत गएको मौका पारी बालुवाटारले नयाँ नीति अख्तियार गरेको छ ।

त्यसको संकेत सोमबार नै देखिइसकेको छ । ओली निकट नेताहरु ईश्वर पोखरेल र शंकर पोखरेलले क्रमशः सिरहा र चितवनमा पूर्वमाओवादी पक्षका नेताहरुको मात्र आलोचना गरेको, पूर्वएमाले पक्षका नेताहरूबारे उच्चारणसमेत गरेनन् ।

ईश्वर पोखरेलले प्रचण्डले प्रधानमन्त्री ओलीविरुद्ध ल्याएको राजनीतिक प्रस्ताव फिर्ता गरे र निर्वाचन स्वीकार पार्टी एक हुने घोषणा गरे । अर्कोतर्फ चितवनमा शंकर पोखरेलले प्रचण्डलाई प्रधानमन्त्री बन्नबाट रोक्नकै लागि प्रतिनिधिसभा भंग गरिएको खुलासा गरे । उनले प्रचण्डकै कारण अहिलेको अवस्था आएको भन्दै पूर्वएमाले नेताहरुबारे केही भनेनन् ।

स्रोतका अनुसार बालुवाटारले अहिले प्रचण्डतिर लागेका पूर्वएमाले पक्षका नेतालाई फकाउने नीति अख्तियार गरेको छ । माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेतालाई आफूतिर तान्न सके पूर्वमाओवादी पक्षका नेता मात्रै चोइटिने, त्यसलाई आफ्नो पक्षलाई खासै फरक नपर्ने बालुवाटारको बुझाई छ । बालुवाटारलाई यो कदम चाल्न वामदेव गौतमले भित्रभित्रै खेलिरहेको बुझिएको छ ।

मिडिया डबलीबाट साभार

Leave a Reply