प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आफूमाथि सुनियोजित ढंगबाट अविश्वास प्रस्ताव दर्ता भएको बताएका छन्। प्रदेश सरकारले काम गर्न नसकेर नभई सुनियोजित र बनिबनाउँ तरिकाबाट आफूमाथि अविश्वास प्रस्ताव आएको उनले बताए।
‘प्रदेश सरकारले काम गर्न नसकेर होइन। असक्षम भएर पनि होइन,’ उनले आज पत्रकारहरूसँग भने, ‘यो सुनियोजित, बनिबनाउँ र खास ठाउँबाट निर्देशित भएर अस्थिरता र संघीयता संस्थागत गर्न नदिने गरी निर्देशित ढंगबाट आएको छ।’
उनले अविश्वास प्रस्ताव आफूले सामना गर्ने पनि बताए।
‘म यसको सामना गर्छु,’ उनले भने, ‘मुख्यमन्त्रीले सफल नेतृत्व गरिराखेको भन्ने प्रदेश सदस्यलाई जानकारी छ। सुविधाजनक बहुमतका साथ म यसबारे सामना गर्छु।’
उनले केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि पार्टीभित्रबाटै घेरावन्दी पारिएको बताए।
मुख्यमन्त्री राईविरूद्ध आज नेकपाका प्रचण्ड-माधव नेपाल समूहका सांसदले अविश्वास प्रस्ताव दर्ता गराएका थिए