Tuesday, January 19, 2021
Home > mophosala > प्रतिनिधि सभा पुनर्स्थापना हुन्छ : घनश्याम भुसाल

प्रतिनिधि सभा पुनर्स्थापना हुन्छ : घनश्याम भुसाल

नेकपाका नेता घनश्याम भुसालले प्रतिनिधि सभा पुनर्स्थापना हुने बताएका छन्। भुसालले सर्वोच्च अदालतले जनमत र संवैधानिक व्यवस्थाकै पक्षमा फैसला गर्दै प्रतिनिधिसभा पुनर्स्थापना गर्ने विश्वास व्यक्त गरे।

प्रचण्ड–माधव समूहले रुपन्देहीको तिलोत्तमामा आयोजना गरेको आफू पक्षीय जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता भुसालले संसद पुनर्स्थापना भए नेकपा पार्टी विभाजन रोकिने दाबी गरे।

नेता भुसालले प्रतिनिधि सभा विघटनको निर्णय संविधान, परम्परा र जनचाहनाविपरीत भएकाले पुनर्स्थापनाको विकल्प नभएको दोहोर्‍याए।

अहिले केपी ओली समूहमा लागेका व्यक्तिहरू पनि उनले गरेको कामलाई समर्थन गरेर नभई व्यक्तिगत सम्बन्धका कारण समूहमा लागेको उनको आरोप छ।

भुसालले विभिन्न मुलुकमा भएका अभ्यासलाई हेर्दा पनि जनताको चाहनाविपरीत गरिएका संसद विघटनलाई अदालतले बदर गरिदिएको उल्लेख गर्दै नेपालमा पनि सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरिदिने बताए।

संसद विघटनको  निर्णयले नेपाली जनताले ५ दशकदेखि चाहेको समृद्धिको सपना तुहाएको समेत उनले बताए।

भुसालले प्रतिनिधिसभा पुनर्स्थापना नभएमा मुलुक अधोगतितिर जाने बताए।

सेतोपाटीबाट साभार

Leave a Reply