Friday, January 15, 2021
Home > मुख्य खबर > नेपाल व्यापार संघद्धारा चिनीया कम्पनीलाई सम्मान

नेपाल व्यापार संघद्धारा चिनीया कम्पनीलाई सम्मान

काठमाडौँ, । नेपाल व्यापार सङ्घले नेपालको व्यापार क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै चिनीया कम्पनीलाई सम्मान गरेको छ ।

यहि फागुन ३ देखि ७ गतेसम्म भृकुटीमण्डपमा जारी अन्तर्राष्ट्रिय व्यापार मेलामा सहभागी हुन आएको चिनीया कम्पनी ‘मुसा इन्टरनेशनल लजेष्टीक कम्पनी’लाई सम्मान गरेको हो ।
सो अवसरमा व्यापार संघका अध्यक्ष कुमार कार्कीले मुसा इन्टरनेशनल लजेष्टीक कम्पनीका प्रमुख ज्याङ सि पिङ लाई सम्मानपत्रद्धारा सम्मान गरेका हुन् ।
सम्मानग्रहणपछि मुसा इन्टरनेशनल लजेष्टीक कम्पनीका प्रमुख पिङले नेपालको व्यापार क्षेत्रमा आगामी दिनहरुमा पनि सहयोग गर्ने प्रतिवद्धता दिँदै व्यापार संघलाई धन्यवाद दिएका थिए ।

Leave a Reply