Monday, January 25, 2021
Home > mophosala > आफ्नो प्रियपात्र शंकर पोखरेललाई छोएमा ओलीले प्रदेश सभा नै भंग गरिदिने

आफ्नो प्रियपात्र शंकर पोखरेललाई छोएमा ओलीले प्रदेश सभा नै भंग गरिदिने

काठमाडौं – प्रधानमन्त्री केपी ओलीले प्रदेश सभा विघटनको तयारी गरेका छन् । आफू निकट मुख्यमन्त्रीहरूविरुद्ध धमाधक अविश्वास प्रस्ताव आएर हटाउन लागेपछि ओली तनावमा परेका हुन् ।

अहिलेसम्म बाग्मती र प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भइसकेको छ । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश १ का मुख्यमन्त्री शेरधन राई राष्ट्रपति विद्यादेवी भण्डारी निकट हुन् । राई त राष्ट्रपति भण्डारीको धर्मपुत्र जस्तै रहेको नेकपा नेताहरू बताउँछन् ।

तर, यी दुवै प्रदेशमा प्रचण्ड र माधव नेपाल पक्षका सांसदको बहुमत भएकाले दुवैको पद जान सक्ने देखिएको हो । प्रचण्ड र नेपाल पक्षले अब लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी थालेका छन् ।

पोखरेल ओलीका प्रियपात्र हुन् । प्रचण्ड नेपाल पक्षले आज लुम्बिनी प्रदेशका नौ जिल्लास्तरीय भेला बोलाएको छ । जसमा पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर हटाउनेबारे छलफल हुने बताइएको छ ।

सोही कारण पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव आएलगत्तै प्रधानमन्त्री ओलीले सबै प्रदेश सभा भंग गरेर राष्ट्रपति शासन लागू गर्ने सिफारिस गर्ने तयारी भएको स्रोतले बताएको छ ।

मिडिया डबलीबाट साभार

Leave a Reply