Monday, January 25, 2021
Home > mophosala > संसद् विघटनबारे देउवासँग मत बाझिएपछि पौडेल आफूपक्षीय केन्द्रीय सदस्यसँगको छलफलमा

संसद् विघटनबारे देउवासँग मत बाझिएपछि पौडेल आफूपक्षीय केन्द्रीय सदस्यसँगको छलफलमा

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल केन्द्रीय कार्यसमिति बैठकअघि आफू पक्षीय केन्द्रीय सदस्यसँग छलफल जुटेका छन् । प्रतिनिधिसभा विघटनका सन्दर्भमा मंगलबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा संस्थापन र इतर पक्षबीच मत विभाजित हुन पुगेपछि पौडेलले आफू पक्षीय केन्द्रीय सदस्यसँग संवादमा जुटेको स्रोतले रातोपाटीलाई बतायो ।

काँग्रेस सभापति शेरबहादुर देउवा पक्षीय सदस्यहरू प्रधानमन्त्री ओलीको कदमलाई प्रतिवाद भन्दा अवसरका रुपमा उपयोग गर्नुपर्ने पक्षमा देखिएका छन् भने पौडल पक्षीय नेताहरु  प्रधानमन्त्री ओलीको असंवैधानिक कदमलाई उल्टाउन पार्टी सडक संघर्षमा जानुपर्ने पक्षमा मत राखेको पाइन्छ ।

पार्टी सडक संघर्षमा लैजान सभापति देउवालाई दबाब दिने रण्नीतिका साथ बिहान ११ बजेबाट अनमाननगरस्थिति आफ्नो सम्पर्क कार्यालयमा पौडेल पक्षीय केन्द्रीय सदस्यसँग छलफलमा छन् । पौडेल पक्षले छलफलमा एक मतका साथ केन्द्रीय समिति बैठक प्रस्तुत हुने नीति बनाउने बुझिएको छ ।

दिउँसो १ बजे बस्ने केन्द्रीय कार्यसमिति बैठकमा प्रधानमन्त्री ओलीले चालेको संसद विघटनको कदमविरुद्ध पार्टीलाई आन्दोलनमा लिनुपर्नेमा पौडेल पक्षको जोड छ । आजको बैठकले संसद विघटनविरुद्ध आन्दोलनका कार्यक्रम तय गर्ने भनिएको छ । बुधबारको बैठकपछि संसद विघटनविरुद्ध देशभर प्रदर्शन प्रवक्ता विश्वप्रकाश शर्माले बताएका थिए ।

तर, कहिलेदेखि प्रदर्शन सुरु गर्ने र प्रदर्शनको स्वरुप कस्तो हुने भन्नेमा आजको बैठकले टुंगो लगाउने उनको भनाइ थियो

राताेपाटिबाट साभार

Leave a Reply