Tuesday, January 26, 2021
Home > mophosala > ओलीले देशलाई यसरी खाल्डोमा हाल्दैछन्, कांग्रेसले बुझ्नै सकेको छैन

ओलीले देशलाई यसरी खाल्डोमा हाल्दैछन्, कांग्रेसले बुझ्नै सकेको छैन

 काठमाडौं –  प्रधानमन्त्री केपी ओलीले आफूलाई तानाशाहको रूपमा प्रस्तुत गर्न खोजेका छन् । राज्यका सबै अंग आफ्नो कब्जामा पारेर ओली ‘दोस्रो जंगबहादुर’ बन्न खोजेका हुन् ।

जंगबहादुरले त अंग्रेजलाई फकाएर गुमेको नेपाली भूभाग फिर्ता ल्याएका थिए, तर ओलीले देश नै अर्कालाई सुम्पिने तयारी गरेका छन् । उनको कार्यशैली हेर्दा देशका तमाम बुद्धिजीवीले पनि त्यही निष्कर्ष निकालेका छन् ।

भन्नलाई निर्वाचनको घोषणा गर्ने, तर एकपछि अर्को कदम चालेर चक्रब्यूहमा पारेर निस्कनै मुस्किल पार्ने रणनीति अख्तियार गरेकाछनत् । तर, नेपाली कांग्रेस भने ओलीले गराउनै नचाहेको आमनिर्वाचन हुन्छ भनेर सशक्त प्र्रतिरोध गर्न सकेको छैन ।

तैपनि युवा नेताहरुका सामु केही नलागेपछि आज बस्ने कांग्रेसले आन्दोलनको घोषणा गर्ने आमजनताले अपेक्षा गरेका छन् । प्रधानमन्त्री ओलीलाई अहिले सबैभन्दा ठूलो डर न्यायालयकै रहेको देखिए पनि त्यहाँ पनि सेटिङ मिलाइसकेको उनकै मन्त्रिपरिषद्का एक मन्त्रीले रहस्य खोलिसकेका छन् ।

अघिल्लो सोमबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली प्रधानमन्त्रीले बर्बाद पारे भन्दै नेकपा नेता हरिबोल गजुरेल र देवेन्द्र पौडेलसँग गुनासो गरेका थिए । साँझको बेला मन्त्रीको गाडी हुइँक्याउँदै पौडेलको निवासमा गएर मन्त्री ज्ञवालीले बाध्यात्मक अवस्थाका कारण आफूहरूले साथ दिनुपरेको बताएका थिए ।

उनले ‘प्रधानमन्त्रीज्यूले अदालतमा सबै सेटिङ मिलाइसकेको बताउनु भएको छ’ भनेर कू पछि साथ दिन पौडेल र गजुरेललाई आग्रह गरेका थिए । यो थाहा पाएपछि ओली गुटमा पुगेका गजुरेल भोलिपल्टै प्रचण्ड कित्तामा उभिएका थिए । स्रोतका अनुसार ओलीले अहिले निर्वाचनको नारा फलाकिरहे पनि कोही विश्वस्त छैनन् ।

किनभने आफ्नै पार्टी बैठक राख्न नसकेर संसद् नै विघटन गर्ने भष्मासुर प्रवृत्तिका ओलीले अदालतमा दबाब दिएर डेढ महिना लम्ब्याउने र ४५ दिनपछि अख्तियारमा प्रेमकुमार राईलाई बहाली गराएर प्रचण्ड, माधवकुमार नेपाललगायतका नेतालाई चिसो छिँडीमा हाल्ने सपना देखेका छन् । जबकि राई आफैं भ्रष्टाचारमा डामिएका पूर्वसचिव हुन् ।

वैशाखमा हुने भनिएको कथित निर्वाचन ओलीकै कारण नहुने, बाध्य भएर उनले प्रधानमन्त्री पद छाड्नुपर्ने अवस्था आएपछि ‘खिलराज रेग्मीको दोस्रो अनुहार’ लाई सत्ता छाडेर हिँड्ने र त्यसपछि एउटा मुद्दामा जनमत संग्रहको खाल्डोमा ओलीले देशलाई पुरयाउने अनुमान गरिएको छ । तर, कांग्रेसको संस्थापन पक्ष भने वैशाखमा चुनाव होला र ठूलो दल होला भन्ने सपना देखिरहेको छ ।

त्यसको संकेत प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले मार्न खोज्दा घाइते बनाएको संविधान आइसियुमा घिटीघिटी सास फेरिरहेको छ । त्यसलाई बचाउने वा मर्न दिने अदालतको हातमा छ ।

अदालतले संविधानलाई बचाउन सकेन भने देशमा अभूतपूर्व र अकल्पनीय अन्यौल, अस्थिरता, अराजकता र जनस्तरमै पक्ष विपक्षमा हिंसात्मक आक्रमण प्रत्याक्रमणका वारदातहरु लामो समय भइरहने छन् ।

कार्यालय कब्जा गरेर, संस्थापन पक्षको भेला बैठक बिथोलेर, ओलीको विरोध गर्नेहरुविरुद्ध भौतिक कारवाही गर्ने धम्की दिएर ओली पक्षधर युवाहरुले त्यसो गर्न शुरु गरिसकेका पनि छन् ।

त्यससंगै विदेशी शक्तिहरुको चलखेल खुला रुपमा तिब्र हुनेछ । देश सुडान, नाइजेरिया, अफगानिस्तानको बाटोमा अनिश्चितकालसम्म हिंड्ने विश्लेषण गर्न थालिएको छ ।

मिडिया डबलीबाट साभार

Leave a Reply