Sunday, January 24, 2021
Home > mophosala > गगन थापाको उदघोष, ओलीको ‘कू’ को सडक आन्दोलनबाटै जवाफ दिन्छौं, कांग्रेस एकढिक्का छ

गगन थापाको उदघोष, ओलीको ‘कू’ को सडक आन्दोलनबाटै जवाफ दिन्छौं, कांग्रेस एकढिक्का छ

काठमाडौं – नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीको ‘कू’ को सडक आन्दोलनबाटै जवाफ दिने बताएका छन् ।

बिहीबार बिहान नेपाली रेडियो नेटवर्कमा कुराकानी गर्दै नेता थापाले अब कांग्रेसले बैठक छाडेर आन्दोलनमा जान ढिलाइ भइसकेको बताए । नेता थापाले आफुहरुका विरुद्धमा लागेका आरोप र व्यक्त भएका आशंकाहरुको एकमुष्ट निवारण गर्न अदालत, प्रधानन्यायाधीश र काँग्रेस सभापति शेरबहादुर देउवालाई अवसर आएको पनि बताए ।

काँग्रेस अन्योलमा छ भन्ने सन्देश जान थालेकाले तत्काल बैठक टुंग्याएर गाउँ गाउँमा जान थालिहाल्नुपर्नेमा उनले जोड दिए । ‘अदालतलाई प्रभावित पार्ने होइन, दवाव दिने होइन, तर आफ्नो कुरा सुनाउने र संविधान अनुसार निर्णय गर्न झकझक्याउन त काँग्रेसले मिल्छ नि,’ उनले भने । संविधानको दुरुपयोग रोक्न राष्ट्रपति भन्ने संस्था चुके पनि अव अदालत नचुक्नेमा उनले विश्वास व्यक्त गरे ।

अदालतको निर्णयलाई काँग्रेसले मान्ने स्पष्ट पार्दै उनले राजाको शाही कदमलाई उल्ट्याएको अदालतले अहिले पनि सही निर्णय गर्ने भरोसा जनाए ।

‘अदालतको निर्णय मान्नुपर्छ, अदालतले चाहिं संविधानअनुसार मात्रै निर्णय गरे पुग्छ, अरु केही गर्नुपर्दैन,’ उनले भने । निर्वाचनमा जानुहुन्न भन्नेमा कांग्रेसभित्र कोही पनि नरहेको जानकारी दिँदै उनले सिंगो नेकपाको असफलताका बारेमा गाउँगाउँमा पुगेर बताउदै गर्दा पनि निर्वाचनको तयारी हुने धारणा राखे ।

उनले अदालतलाई कुरेर बस्ने भन्दा पनि जनताको आवाज अदालतसम्म पुर्याउन पनि कांग्रेसले आन्दोलन गर्नुपर्ने तर्क गरे ।

मिडिया डबलीबाट साभार

Leave a Reply