Wednesday, January 27, 2021
Home > mophosala > प्रचण्ड-नेपाल समूहले चुन्याे संसदीय दलकाे नेतामा प्रचण्डलाई

प्रचण्ड-नेपाल समूहले चुन्याे संसदीय दलकाे नेतामा प्रचण्डलाई

काठमान्डाै। नेपाल कम्युनिष्ट पार्टी नेकपाकाे प्रचण्ड-नेपाल समूहले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टीको संसदीय दलको नेता  चुनेको छ।

नेकपा प्रचण्ड-माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेकपा संसदीय दलको नेता हुन अयोग्य रहेको बताएका छन् ।  बुधबार बानेश्वरमा आफू पक्षीय सांसदहरुको बैठकलाई सम्बोधन गर्दै नेपालले सो कुरा बताएका हुन् ।

त्यसपछि उनले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयनका लागि प्रस्ताव गरेका छन् ।

यसअघि उनले ओलीले देशप्रति गरेको घात प्रतिघातप्रति आत्मालोचना गरे उनीमाथि गरेको कारवाही फिर्ता लिन सकिने बताए । साथै  नेपालले पार्टीका तर्फबाट संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित प्रतिनिधिहरुलाई पार्टी एकताको पक्षमा उभिन आग्रह गरे ।
दलको बैठकमा प्रतिनिधि सभा र राष्ट्रियसभाका गरी ११५ जना सांसद सहभागी छन् ।

 

Leave a Reply