Sunday, January 24, 2021
Home > mophosala > ओली सरकारले बढायो पूर्वराजा ज्ञानेन्द्रको सुरक्षा, व्यक्तिगत सुरक्षा व्यवस्थामा ब्यापक परिवर्तन

ओली सरकारले बढायो पूर्वराजा ज्ञानेन्द्रको सुरक्षा, व्यक्तिगत सुरक्षा व्यवस्थामा ब्यापक परिवर्तन

काठमाडौं – मुलुकमा राजनीतिक अस्थिरता बढेसँगै विभिन्न शक्तिकेन्द्रको चलखेल बढेको छ । प्रधानमन्त्री केपी ओलीले बहुमत सरकार हुँदाहुँदा हठात प्रतिनिधिसभा विघटन गरेपछि नेपालको राजनीति फेरि पनि दुष्चक्रमा फस्ने स्थिति देखिएको छ ।

नेपालमा अब एकैचोटि अमेरिका, चीन, भारत तथा पुराना शक्तिकेन्द्र राजसंस्थाले खेल्ने अवसर पाएका छन् । अहिलेको स्थितिबाट सबैभन्दा खुसी पूर्वराजावादी भएका छन् । सडकमा राजा आऊ देश बचाऊको नारा लागिरहेका बेला प्रधानमन्त्री ओलीले नै त्यसका लागि मार्गप्रशस्त गरिदिएका छन् ।

त्यसैले अहिले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा विभिन्न देशले चासो राखेको बताइन्छ । राजसंस्थाको पक्षमा वकालत गर्दै आएका पत्रकार प्रा.पी खरेलले सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षा बढाएको खुलासा गरेका छन् ।

‘म धेरै कुरा खुलासा गर्न चाहान्न । सुरक्षा निकायले नै भने हुन्छ । राजा ज्ञानेन्द्रको व्यक्तिगत सुरक्षा व्यवस्थामा परिवर्तन गरिएको छ,’ उनले एक अनलाइन अन्तर्वार्तामा भनेका छन् ।

पूर्वराजाको शक्ति र जनविश्वास बढेकाले उनको व्यक्तिगत सुरक्षामा ध्यान दिनुपर्छ भनेर बाह्य शक्तिले ध्यानाकर्षण गराएपछि सरकारले उनको सुरक्षा बढाएको खरेलको भनाइ छ ।

मिडिया डबलीबाट साभार

Leave a Reply