प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचन मिति घोषणाको विरूद्धमा सर्वोच्च अदालतमा ८ वटा रिट दर्ताका लागि पेश भएका छन्।
सर्वोच्चको मुद्दा महाशाखा प्रमुख बाबुराम दाहालले अहिलेसम्म ८ वटा रिट दर्ताका लागि पेश भएकामा आफ्नो हातमा पाँच वटा रिट आइपुगेको र बाँकी तीन वटा पनि दर्ताका लागि पेश भएको बताए।
‘सबै रिट दर्ता प्रकृयामा छन्,’ उनले भने, ‘हामीले अध्ययन र प्रकृया पूरा भएपछि निर्णय गर्छौं।’
उनका अनुसार अधिवक्ता लोकेन्द्र वली, पदम खत्रीलगायतले दिएका रिट दर्ता प्रकृयामा आएका छन्।
अधिवक्ता वली लगायतले दिएका तीन वटा रिट हिजै सर्वोच्चमा पेश भएका थिए।