Monday, January 25, 2021
Home > mophosala > चौतर्फी राजीनामा दिनुपर्ने आवाज उठेपछि नारायणकाजी अप्ठेरोमा, बिहानै पुगे प्रचण्ड भेट्न

चौतर्फी राजीनामा दिनुपर्ने आवाज उठेपछि नारायणकाजी अप्ठेरोमा, बिहानै पुगे प्रचण्ड भेट्न

काठमाडौं – स्व. कमानसिंह लामाले मृत्युअघि आफ्नो घर बिगारेको र सेयरको पैसा खाइदिएको आरोप लगाएपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ अप्ठेरोमा परेका छन् ।

सामाजिक सञ्जालमा मात्र होइन, पार्टीभित्रै पनि उनले राजीनामा दिनुपर्ने आवाज उठेको छ । अपारदर्शी आर्थिक चलखेलको आरोप लागेलगत्तै श्रेष्ठ शुक्रबार बिहान पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए ।

उनले राष्ट्रिय सभा सदस्य, पार्टी सचिवालय तथा प्रवक्ता पदबाट राजीनामा दिनुपर्ने माग उठेपछि प्रचण्ड भेट्न पुगेका हुन् । यसै विषयमा कुराकानी गर्न श्रेष्ठले बिहीबार राति नै पूर्वजनमोर्चाका नेता कार्यकर्ताहरुको भेला आफ्नो निवासमा बोलाएका थिए ।

भेलामा नारायणकाजीले आफूलाई डुबाउन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापा बादल लागिपरेको बताएका थिए । बादलले आफूलाई मात्र नभएर पूर्वजनमोर्चाका कसैलाई बाँकी नराख्ने पनि नारायणकाजीको भनाइ थियो ।

नैतिकताको प्रश्न उठेपछि नेकपाका नेताहरु शेरबहादुर तामाङ, कृष्णबहादुर महरा र गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिएका थिए । अहिले नारायणकाजी पनि नैतिकताको विषयले परिबन्दमा परेका छन् ।

मिडिया डबलीबाट साभार

Leave a Reply