Monday, January 25, 2021
Home > mophosala > प्रधानमन्त्रीले आइतबारलाई बोलाए संवैधानिक परिषदको बैठक

प्रधानमन्त्रीले आइतबारलाई बोलाए संवैधानिक परिषदको बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक बोलाएका छन्।

आगामी मंसिर २८ गते आइतबार ९ बजे परिषदको बैठक बोलाइएको प्रधानमन्त्री निकट स्रोतले सेतोपाटीलाई जानकारी दियो।

बैठकमा संवैधानिक नियुक्तिको कार्यसूची रहने स्रोतले बतायो।

सत्तारूढ दलभित्रै र प्रमुख प्रतिपक्षी दलसँग पनि भागबन्डा नमिल्दा झण्डै ४ दर्जन पद रिक्त छन्। संवैधानिक आयोगहरूले पूर्णता पाउन सकेका छैनन् ।

राष्ट्रिय मानवअधिकार आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख सहित चार र दुई सदस्य खाली छन्। निर्वाचन आयोगमा दुई आयुक्त खाली छन्। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा पनि सदस्यहरू रिक्त छन्। राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग पनि पदाधिकारीविहीन छ ।

सेतोपाटीबाट साभार

Leave a Reply