Wednesday, January 27, 2021
Home > mophosala > आफ्नो चौतर्फी आलोचना हुन थालेपछि कांग्रेस महिला नेतृसँग राष्ट्रपति भण्डारीको रोदन

आफ्नो चौतर्फी आलोचना हुन थालेपछि कांग्रेस महिला नेतृसँग राष्ट्रपति भण्डारीको रोदन

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो भूमिका र संवैधानिक मर्यादा नाघेपछि अहिले उनको चौतर्फी आलोचना भइरहेको छ । भण्डारी देश र जनताको भन्दा पनि नेकपामा ओली गुटको मात्र राष्ट्रपति बनेको भन्दै पार्टीमै पनि उनको विरोध भइरहेको छ ।

नेकपामा आवश्यकताभन्दा बढी हस्तक्षेप गर्न थालेपछि भण्डारी विवादमा आएकी हुन् । त्यसमा पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति भण्डारीको भूमिकाको कडा आलोचना गरेको छ ।

कांग्रेस नेताहरुले राष्ट्रपति भण्डारीले पदको गरिमा र मर्यादा राख्न नसकेको भन्दै सार्वजनिक रूपमा आलोचना गरेपछि उनी रिसाएकी छन् । १६ दिने महिला हिंसा अभियानअन्तर्गत महिलाको सशक्तीकरणका विषयमा कुराकानी गर्न कांग्रेस महिला नेतृहरूलाई शीतल निवास बोलाएर राष्ट्रपति भण्डारीले अरण्यरोदन प्रस्तुत गरेकी छन् ।

राष्ट्रपति भण्डारीले मंगलबार कांग्रेस नेतृहरु सुजाता कोइराला, कमला पन्त, किरण यादव, सीता गुरुङलगायतलाई शीतल निवास बोलाएकी थिइन् । उनले कांग्रेसले पनि आफ्नो आलोचना गरेको भन्दै गुनासो गरेकी थिइन् ।

छलफलमा सहभागी एक कांग्रेस नेतृका अनुसार राष्ट्रपति भण्डारीले आफूले जुनसुकै राजनीतिक दलका नेतालाई शीतल निवासमा भेट गरे पनि नेकपालाई मात्रै बढी च्यापेको, त्यसमा पनि एउटा पक्षका नेतालाई मात्र महत्व दिएको भन्दै कांग्रेस नेताहरुले गरेको आलोचनाबारे गुनासो राखेकी थिइन् ।

उनले आफूले राष्ट्रपतिको गरिमा र मर्यादालाई नकुल्चेको दाबी प्रस्तुत गरेकी थिइन् । प्रमुख राजनीतिक दलमा सधैं महिलालाई पछाडि पारिएको भन्दै भण्डारीले अब महिलाहरु सशक्त भएर प्रस्तुत हुनुपर्ने सुझाव दिएकी थिइन् ।

मिडिया डबलीबाट साभार

Leave a Reply