Tuesday, January 26, 2021
Home > mophosala > अमेरिकामा पहिलोपटक अफ्रिकन-अमेरिकन रक्षा मन्त्री

अमेरिकामा पहिलोपटक अफ्रिकन-अमेरिकन रक्षा मन्त्री

एजेन्सी

अमेरिकाको नयाँ राष्ट्रपतिमा निर्वाचित जो बाइडनले अवकाश प्राप्त सैन्य जनरल लोयड अस्टिनलाई आफ्नो नयाँ रक्षा मन्त्री छनौट गरेको रोयटर्सले जनाएको छ।

अस्टिनले बराक ओबामाको कार्यकालमा मध्यपूर्वमा अमेरिकी सेनाको नेतृत्व गरेका थिए।

रोयटर्सले बाइडनको निर्णयसँग जानकार दुई जनाको हवाला दिदैं लेखेको समाचार अनुसार भएमा अस्टिन अमेरिकी इतिहासमा यो पदमा पुग्ने पहिलो अश्वेत अमेरिकी हुनेछन्। यस पदका लागि रक्षा विभागकी पूर्व उच्च कर्मचारी रहेकी मिशेल फ्लोरनोयलाई पनि प्रवल दाबेदार मानिएको थियो।

अस्टिनको छनौटसँगै उनी सो पदमा आसिन हुने पहिलो अमेरिकी महिला बन्नबाट चुकेकी छन्।

सन् २०१६ मा अवकास पाएका अस्टिनले पदभार ग्रहण गर्न अमेरिकी कंग्रेसको सहमति प्राप्त गर्नुपर्नेछ। अवकास प्राप्त गरेको समय ७ वर्ष भन्दा कम भएकाले उनलाई कंग्रेसको सहमति आवश्यक परेको हो।

चार वर्षको अवधिमा नियूक्तिका लागि कंग्रेसको सहमति आवश्यक पर्ने उनी पेन्टाउनका दोश्रो प्रमुख हुन्।

यसअघि वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा रक्षा मन्त्री बनेका जेम्स म्याटिसले पनि कंग्रेसको सहमति लिनुपरेको थियो।

Leave a Reply