Tuesday, January 19, 2021
Home > mophosala > आज सर्वदलीय बैठक बस्नु पहिले मन्त्रिपरिषद बैठक बालुवाटारमा शुरु

आज सर्वदलीय बैठक बस्नु पहिले मन्त्रिपरिषद बैठक बालुवाटारमा शुरु

काठमान्डाै । आज बाेलायकाे सर्वदलिय बैठक सुरूहुनु अगि मन्त्रिपरिषद बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको छ । आजको बैठकले सरकारको नीतिगत निर्णयहरु गर्ने बुझिएको छ ।

यसैबिच प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सहभागी सम्पुण दलहरूलाइ बैठकमा बोलाएका छन् । सर्वदलीय बैठक बस्नु भन्दा पहिले मन्त्रिपरिषद बैठक डाकिएको हो।

सर्वदलीय बैठक बिहान ११ बजे बालुवाटारमा हुने भएको छ।

बैठकमा पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल हुनुका साथै सडकमा गणतन्त्रविरोधी गतिविधि बढेपछिको अवस्थाबारे छलफल हुने बुझिएको छ।

Leave a Reply