Saturday, January 16, 2021
Home > mophosala > गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाको कार्यालय मा स्वागत कार्यक्रम

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाको कार्यालय मा स्वागत कार्यक्रम

न्यूयोर्क, अमेरिका । गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका का अध्यक्ष श्री सोमनाथ घिमिरेले आज गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाको कार्यालय मा एक ऐतिहासिक महिला, कविता श्रेष्ठ(मल्ल) लाई खादा लगाई स्वागत गर्नु भयो।

       

ने.का. उपाध्यक्ष आदरणीय बिमलेन्द्र निधि २०३६ सालमा ने.वी. संघको सभापति हुँदा कविता मल्ल ने.वी. संघकी केन्द्रीय सदस्य थिइन।

      

यस स्वागत कार्यक्रममा फाउण्डेशन का उपाध्यक्ष श्री सुवर्ण लामा, ने.का. रामेछाप जिल्लाका युवा नेता एंव एन.आर. एन. अमेरिकाका अभियन्ता आङ निमा गेल्जे शेर्पा, महिला अधिकारकर्मी मेरिना पराजुली, ऐटोर्नी एट ल (वकिल) लारा ग्रेगोरी लगायतको विशेष उपस्थिती रहेको थियो।

         

 

उक्त स्वागत कार्यक्रमको भेटवार्तामा राजनीतिक र सामाजिक विषयमा व्यापक छलफल भएको थियो। यसरी भएको भेटवार्तामा फाउण्डेशन को नयाँ कार्यालय स्थापना गर्नुभएकोमा अध्यक्ष सोमनाथ घिमिरे एवं उपस्थित पदाधिकारीहरुलाई लारा ग्रेगोरीले केक काटेर शुभकामना आदानप्रदान गरेकी थिइन।

        

स्मरण रहोस लारा ग्रेगोरी (https://www.filamsforbiden.com/about) Filipino Americans for Biden Harris Northeast Region कि Chair man पनि हुन ।

Leave a Reply