Saturday, January 23, 2021
Home > mophosala > बैठकमै तँ तँ र म म गरेपछि ओली र प्रचण्ड फेरि किन सँगै बस्ने ?

बैठकमै तँ तँ र म म गरेपछि ओली र प्रचण्ड फेरि किन सँगै बस्ने ?

काठमाडौं – प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको सम्बन्ध निकै तनावपूर्ण बनेको छ । तीन वर्षअघि यो देशलाई कायापलट गर्छु भनेर सँगै नारिएका ओली र प्रचण्ड अहिले झन्डै नदीको दुई किनारा बन्न सक्ने अवस्थामा आइपुगेका छन् ।

ओली पार्टी अध्यक्षका साथै प्रधानमन्त्री पनि हुन् । उनका बारेमा अरुले के बोल्यो ? कसरी बोल्यो ? भन्ने कुराले धेरै अर्थ राख्छ । मंगलबार रातिदेखि ओलीको अवस्था निम्छरो रहेको प्रचण्डले ‘तपाई को हो र मेरो प्रस्तावमाथि छलफल हुँदैन भनेर बोल्ने ? तपाईसँग मैले किन माफी माग्ने ?’ जस्ता प्रचण्डले दिएको जवाफले देशकै कार्यकारी अधिकारसहितको प्रधानमन्त्रीको साख गिरेको छ ।

अबदेखि पार्टीको बैठकमै जान्न भनेर उठेर हिँडेका ओली फेरि प्रचण्डसँग एउटै पार्टीमा कसरी रहन सक्लान् ? भन्ने जिज्ञासा उठ्न थालेको छ । ओलीलाई नजिकबाट चिन्नेहरु उनी निकै मुडी स्वभावको रहेको र बदलाको भावना राख्ने नेता भएकाले उनले चाँडै गम्भीर डिसिजन लिन सक्ने बताउँछन् ।

तर, मंगलबारदेखि सचिवालय बैठकमा ओली एक्लो बनेका छन् । आफूसँग रहेका चार सदस्य पनि गुमाएपछिको रनाहामा उनले जुनसुकै बेला राजनीतिक निर्णय लिन सक्ने कुराले बजार तताएको छ ।

तर, प्रतिनिधिसभामा अर्को प्रधानमन्त्री बन्न सक्ने अवस्था हुँदाहुँदै चुनावमा जान नसक्ने संविधानमा व्यवस्था भएकाले ओलीले तत्कालका लागि ‘लु हेरौं न त भनेर प्रधानमन्त्री पदबाट राजीनामा घोषणा गर्ने र पार्टीमा विवाद बढाएर आफू टिकिरहने’ फर्मुला पनि अपनाउन सक्ने अनुमान गर्न थालिएको छ ।

दल विभाजन गर्नेसम्बन्धी अध्यादेश ल्याउन राष्ट्रपति विद्यादेवी भण्डारी नै यसपटक बाधक बनेकाले ओली निकै अप्ठेरोमा परेका छन् । अबको स्टेप चाल्न उनलाई राष्ट्रपतिको सहयोग चाहिन्छ ।

तर, राष्ट्रपति भण्डारी यसपटक आफैं आफ्नो कुर्सी जोगाउने अवस्थामा पुगिसकेकी छन् । अलिकति तलमाथि भयो भने उनलाई हटाएर झलनाथ खनाल राष्ट्रपति बन्न तम्तयार भएर बसेको नेकपा नेता कार्यकर्ताहरु नै बताउँछन् ।

मिडिया डबलीबाट साभार

Leave a Reply