Monday, January 25, 2021
Home > mophosala > ओलीको रवैयाविरुद्ध यसरी उत्रिए पूर्व माओवादी मन्त्रीहरू, मन्त्रिपरिषद् बैठकमै धक्का !

ओलीको रवैयाविरुद्ध यसरी उत्रिए पूर्व माओवादी मन्त्रीहरू, मन्त्रिपरिषद् बैठकमै धक्का !

काठमाडौं – सत्तारुढ नेकपामा देखिएको विवादको असर सरकारमा समेत देखिन थालेको छ । प्रधानमन्त्री केपी ओलीले सरकार सञ्चालनमा सक्रियता देखाउन सकेका छैनन् ।

मन्त्रीहरु पनि आफ्नो परफरमेन्समा कमजोर देखिन थालेका छन् । विगतमा प्रधानमन्त्री ओलीले मन्त्रीको रिपोर्ट कार्ड मन्त्रिपरिषद् बैठकमा प्रस्तुत गर्थे ।

कार्यसम्पादन मूल्यांकनका आधारमा राम्रो काम गर्नेलाई धेरै अंक र नगर्नेलाई कम नम्बर दिने गर्थे । तर, एक वर्षयता त्यो प्रचलन हटेको छ । कतिसम्म भने अहिले प्रधानमन्त्री ओलीलाई आफ्नै मन्त्रीहरुले टेर्न छाडेका छन् ।

खासगरी पूर्वमाओवादी पक्षका मन्त्रीहरु क्याबिनेट बैठकमा त्यति उपस्थित नहुने र भए पनि प्रधानमन्त्रीको निर्देशनको बेवास्ता गर्ने गरेको देखिएको छ ।

पूर्वमाओवादी पक्षका मन्त्रीहरुले सम्हालेको मन्त्रालयको नियुक्ति, सरुवा, बढुवा सबैमा प्रधानमन्त्री ओलीले हस्तक्षेप गरेकाले पनि पूर्वमाओवादी पक्षका मन्त्रीहरु क्याबिनेट बैठकमा जान छाडेका हुन् ।

ओली क्याबिनेट २५ सदस्यीय छ । बैठकमा अनिवार्य सबै मन्त्री उपस्थित हुनुपर्नेमा माओवादी पक्षका अधिकांश मन्त्रीहरु जानै छाडेका छन् ।

आफ्नो मन्त्रालयको नियुक्ति, सरुवा, बढुवामा प्रधानमन्त्रीले हस्तक्षेप गर्न थालेपछि पूर्वमाओवादी पक्षीय मन्त्रीहरुले क्याबिनेट मिटिङमै प्रधानमन्त्रीसँग बाझाबाझ गर्ने गरेको स्रोतले बताएको छ ।

यस्तो दृश्यले प्रधानमन्त्री ओली कतिसम्म निरीह बनिसकेका रहेछन् भन्ने पुष्टि गर्छ ।

मिडिया डबलीबाट साभार

Leave a Reply