Wednesday, January 27, 2021
Home > mophosala > फेरी निस्किए घरदैलो अभियानमा कांग्रेस नेता जोशी

फेरी निस्किए घरदैलो अभियानमा कांग्रेस नेता जोशी

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री नवीन्द्रराज जोशीले कोभिड १९ घरदैलो अभियानलाई निरन्तरता दिएका छन् । जनताको समस्यामा जनतासंगै जनप्रतिनिधि भन्ने उदेश्यका साथ आवश्यक स्वास्थ्य उपकरण सहित अभियान सुरु गरेका हुन् ।   
दशै लगत्तै सुरु गरेका घरदैलो अभियान तिहार र छट पर्वका कारणबीचमा रोकेपनि शनिबार देखि पूनः सुचारु गरेका हुन् । जोशीले शनिबार काठमाडौंका चागल क्षेत्रमा निःशुल्क मास्क, स्यानीटाइजर, अक्सिमिटर र औषधि लगाएतका सामाग्री सहित सर्वसाधारण संग कोरोनाबाट बच्ने उपायका विषयमा परामर्श गरेका छन् ।   
उनले यसअघि सोल्टीमोड, कालिमाटि, रविभवन, स्वयम्भु मिलिजुली टोल र शान्तीनगर क्षेत्रका बासिन्दाहरुलाई घरघरमा पुगेर आवश्यक परामर्श गर्नुका साथै स्वास्थ्य सामाग्रीहरु वितरण गरिसकेका छन् ।
अभियानअन्तर्गत् संक्रमितको उपचारमा सहयोग गर्न फोनबाट निःशुल्क चिकित्सकीय सल्लाह प्रदान गर्ने र बिहान, दिउँसो र राति गरी तीन ‘सिफ्ट’मा २४ सै घन्टा सेवा सञ्चालन गर्ने उनले जानकारी दिए ।   
मतदाताका घरदैलोमा चुनावमा मात्र हैन जनतालाई आपत विपत पर्दापनि हामी राजनीतिज्ञहरु उपस्थित हुनुपर्ने उनको भनाइ छ । जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डे, डा.भूपेन्द्र बस्नेतलगायतका विशेषज्ञ चिकित्सक र सरकारी तथा निजी अस्पतालहरुको सहयोगमा स्वास्थ्य सेवा दिने अभियानको उद्देश्य रहेको छ ।
कोरोना महामारी नियन्त्रण नभएसम्म यो अभियान जारी राख्ने प्रतिष्ठानले जनाएको छ ।

Leave a Reply