Saturday, January 16, 2021
Home > mophosala > फेरि लकडाउनको तयारीमा सरकार, यस्तो छ मन्त्रिपरिषद्को निर्णय

फेरि लकडाउनको तयारीमा सरकार, यस्तो छ मन्त्रिपरिषद्को निर्णय

काठमाडौं- कोरोना भाइरसको माहामारी नियन्त्रणका लागि सरकारले फेरि लकडानको संकेत गरेको छ ।कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले मंसिर ३० गतेसम्मलाई सीमा नाका बन्द गर्ने निर्णय समेत गरेको छ ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कात्तिक ३० गतेसम्म जारी प्रतिबन्ध एक महिना थपिएको जानकारी दिएका छन्। २०७६ चैत ११ गतेदेखि देशमा लकडाउन गरेयता सरकारले अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्दै आएको छ।

यसबाहेक हिजो (बुधबार) कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्देशक समितिले उपत्यकाका मेयरहरुसँग महामारीको अवस्था, रोकथाम र नियन्त्रणबारे छलफल गरेको छ । त्यसक्रममा अधिकांश मेयरले छठ पर्वपछि १५ दिनका लागि कडा लकडाउन गर्न सुझाव दिएका छन् ।

मिडिया डबलीबाट साभार

Leave a Reply