काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री तथा गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्ष नविन्द्रराज जोशीले आफ्नो निर्वाचन क्षेत्र काठमाडौं ८ मा ‘घर दैलो कोभिड १९ सूचना तथा सेवा अभियान’ सञ्चालन गरेका छन् ।
गणेशमान सिंहको १०६ औँ जन्मजयन्तीको अवसर पारेर उनले राजधानी काठमाडौंको शोवाभगवतिमा रहेको सिंहको शालिकमा माल्र्यापन गर्दै अभियान सूरु गरेका हुन् ।
कोरोना महामारी भर यो अभियान जारी राख्ने प्रतिवद्धता जनाउँदै उनले जनताको घरघरमा पुगेर मास्क, अत्यावश्यक औषधी, अक्सीमिटर र थर्ममिटर लगाएतका स्वास्थ्य सामाग्रीहरु वितरण गरेका हुन् ।
त्यसका साथै विभिन्न जनचेतना मुलक ल्पे कार्डहरु समेत वितरण गरेका छन् । अभियान अन्तर्गत संक्रमितको उपचारमा सहयोग गर्न फोनबाट निःशुल्क चिकित्सकीय सल्लाह प्रदान गर्ने र बिहान, दिउँसो र राति गरी तीन ‘सिफ्ट’मा २४ सै घन्टा सेवा सञ्चालन गर्ने जोशीको भनाइ छ ।
जोशीले कोरोनाका कारण जटिल समस्या देखापरेमा तुरुन्त आफु लगाएतका साथीहरुलाई सम्पर्क गर्न समेत घर दैलो अभियानमा जनतामाझ बचन दिएका छन् ।
त्यस्तै जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डे, डा.भूपेन्द्र बस्नेत लगायतका विशेषज्ञ चिकित्सक र सरकारी तथा निजी अस्पतालहरुको सहयोगमा स्वास्थ्य सेवा दिने अभियानको उद्देश्य रहेको छ ।