Thursday, January 21, 2021
Home > mophosala > पाण्डेलाई सांसद बनाउने कांग्रेसको तयारी

पाण्डेलाई सांसद बनाउने कांग्रेसको तयारी

प्रतिनिधि सभामा रिक्त रहेको स्थानमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले स्याङ्जाका मोहन पाण्डेलाई सांसद बनाउन लागेको छ।

कास्कीका सूर्यबहादुर केसीको निधन भएपछि रिक्त रहेको उक्त स्थानमा पाण्डेलाई पठाउने तयारी कांग्रेसको छ।

केसी समानुपातिकतर्फबाट सांसद भएका थिए।

समानुपातिकतर्फ खसआर्य कलस्टरमा कांग्रेसले २०७४ सालमा निर्वाचन आयोगमा बुझाएको सूचीमा पाण्डेको नाम समावेश छ।

केसीको निधन भएपछि बन्द सूचीमा उनीपछि नाम भएका पाण्डे सांसद बन्न लागेका हुन्। कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पाण्डेलाई सांसद बनाउने पार्टीको तयारी छ।

पाण्डे सांसद हुन भने केही समय लाग्नेछ। संघीय संसद सचिवालयले पद रिक्त रहेको जानकारी निर्वाचन आयोगलाई पठाएपछि मात्रै आयोगले यसबारे प्रक्रिया अगाडि बढाउनेछ।

यसका लागि कांग्रेसले पनि आयोगमा सिफारिस पत्र पठाएर जानकारी गराउनुपर्नेछ।

पाण्डे २०६४ सालमा पहिलो संविधानसभामा कांग्रेसबाट सभासद थिए।

सेताेपाटिबाट साभार

Leave a Reply