Tuesday, January 26, 2021
Home > mophosala > ‘ओली सत्ता डा.गोविन्द केसीको मृत्यु कुर्दै’

‘ओली सत्ता डा.गोविन्द केसीको मृत्यु कुर्दै’

काठमाडौं – डा.गोविन्द केसी आमरण अनसन बसेको आज २३ दिन भयो । जुम्लाबाट सुरु गरेको १९औं सत्याग्रहको तीन साता बितिसक्दा पनि सरकारले औपचारिक रूपमा वार्ताको कुनै पहल गरेको छैन ।

एकपटक परराष्ट्रमन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले केसीका विषयमा औपचारिक धारणा व्यक्त गरेयता सरकार मौन छ । केसीको माग र अनसनप्रति केपी ओली सत्ताले बेवास्ता गर्दै आएको छ ।

यस आधारमा वर्तमान सरकार पूरै दूराग्रही छ भन्दा अतिशयोक्ति नहोला । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, साझा पार्टी, नागरिक समाज, नेपाल चिकित्सक संघ, मिडियालगायतले बारम्बार केसीको माग सम्बोधन गर्न र उनको ज्यान बचाउन अपिल गर्दा पनि प्रधानमन्त्री केपी ओलीले सुन्नै चाहेका छैनन् ।

यस आधारमा वर्तमान सरकार सत्याग्रही केसीको मृत्यु कुरेर बसेको टीकाटिप्पणी सुरु हुन थालेको छ । साझा पार्टीले त सोमबार औपचारिक रूपमै विज्ञप्ति जारी गरेर सरकारले केसीको ज्यानै लिन खोजेको हो ? भनेर प्रश्नसमेत सोधेको थियो ।

ओली प्रधानमन्त्री भएका बेला केसीले ६ पटकसम्म विभिन्न माग राखेर अनसन बसेको उनलाई मन परेको छैन । त्यसैले पनि ओलीले केसीको अनसनलाई पूरै बेवास्ता गरेका हुन् ।

प्रधानमन्त्री भनेको सरकार प्रमुख हो । हरेक जनताको प्रश्न र चाहनाबारे प्रधानमन्त्रीले दायित्वबोध गर्नुपर्ने हो । तर, अहिलेका प्रधानमन्त्री ओली आफ्ना कार्यकर्ता र आसेपासेबाहेक कसैको कुरा सुन्न छाडेका छन् ।

माग पूरा गर्नु त परै जाओस् । यसअघि सत्याग्रही नन्दप्रसाद अधिकारी अनसन बसेकै बेला निधन भएका थिए । अहिलेसम्म उनकोे दाहसंस्कार भएको छैन ।

केसीलाई पनि सोही हालतमा पुरयाइदिने कम्युनिस्ट सरकारको मनस्थिति रहेको जनताले अनुमान गर्न थालेका छन् ।

मिडिया डबली

Leave a Reply