Tuesday, January 19, 2021
Home > mophosala > लेखक सङ्घद्वारा डा. केसीकाे जीवनरक्षाकाे माग

लेखक सङ्घद्वारा डा. केसीकाे जीवनरक्षाकाे माग

काठमान्डाै ।  नेपाली कवि- लेखकहरुकाे सबैभन्दा पुरानाे एवम् प्रतिष्ठित संस्था नेपाली लेखक सङ्घले सत्याग्रही चिकित्सक गाेविन्द केसीकाे जीवन रक्षाकाे माग गर्दै विज्ञप्ति जारी गरेकाे छ ।
सिर्जना कर्मका माध्यमबाट सामाजिक लाेकतन्त्रकाे पक्षमा वकालत गर्दै आएकाे लेखक सङ्घले डा. केसीले अनसन सुरु गरेकाे तीन हप्ता बितिसक्दा पनि सरकारले बेवास्ता गरेकाे भन्दै चिन्ता व्यक्त गरेकाे छ ।
नेपालकाे स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवालाई जनमुखी बनाउन डा. केसीले उठाएका मुद्दाहरु जायज भएकाे भन्दै लेखक सङ्घले ऐक्यबद्धता जनाएकाे छ ।
आफैँले गरेका सम्झाैता आफैँ उल्लङ्घन गर्ने प्रवृत्तिले सरकारप्रतिकाे नागरिककाे विश्वास टुट्दै गइरहेकाे भन्दै एउटै मागका लागि एउटा सत्याग्रहीलाई पटक पटक अनसन बस्न बाध्य बनाइनु लाेकतन्त्रका लागि लज्जाकाे विषय भएकाे समेत विज्ञप्तिमा जनाइएकाे छ ।
नेपाली लेखक सङ्घका अध्यक्ष श्रवण मुकारुङद्वारा हस्ताक्षरित विज्ञप्तिमा यथाशिघ्र वार्ता गरी डा. केसीकाे जीवन रक्षा गर्न सरकारसँग जाेडदार माग गरिएकाे छ ।

Leave a Reply