Sunday, January 24, 2021
Home > mophosala > गुटको राजनिती र ब्यक्तिवादी सोचबाट ग्रसित मनुवाहरु; जय शर्मा

गुटको राजनिती र ब्यक्तिवादी सोचबाट ग्रसित मनुवाहरु; जय शर्मा

कमजोर लोकतन्त्रमा मज़दूर र श्रमिकको अवस्था ?

यहॉ चासो हुनुपर्नेहरूलाई चासो छैन, भएकाहरू पनि ब्यक्तिबादी सोचबाट चलेका छन, आफ्नो बिचार बिकाउन नसक्नेहरू अरूको आड लिएर स्वार्थ सिद्व गर्नैका लागि गुटको राजनितीमा अभ्यास्त छन ।

हिजो द्वन्दकालमा औघोगिक मजदूरका रूपमा जिल्लामा जनतन चलिरहेका भृकुटी काग़ज़ कारख़ाना, टुबोर्ग बियर, चौधरी उद्दोग, श्री डिष्टीलरी देखी सुनवलको चिनी कारख़ाना, बुटवलको धागों कारख़ाना हुदै परासीका चामल चिउरा उद्दोगसम्म कारख़ाना मजदुर र ट्रेड युनीयनमा दिनरात नभनी निरन्तर ७-८ बर्षसम्म यही काग्रेसको संगठन बलियो होस भनेर लागियो ।

जिल्लाको जिम्मेबार पदमा रहदा घुस लिनुदिने बिरूद्व लड़ियों, ०६२/०६३ को आन्दोलनमा तिनै पार्टीहरूको स्वार्थ सिद्व गर्नका ख़ातिर उत्रियो । त्यसको परिणाम अनन्त देशै छोडेर प्रवासीन बाध्य हुनुपर्यो । देशमा प्रजातन्त्र आए पश्चात् त्यसका नेतृत्वकर्ताहरूले समग्र जनताको बिश्वासलाई वास्ता गरेनन, आस्था र भरोसालाई बुझ्न सकेनन र उनीहरूको मतलाई उपेक्षा गरियो ।

बदलिदो निरन्तरको नेतृत्वले नयॉ योजनाहरूको कुनै तर्जुमा गर्न सकेन, दिर्घकालिन जनमुखी रोजगारमूलक कार्यक्रमको त कुरै छोडौ पंचायतकालीन समयदेखि चलिरहेका सयौ कलकारखानाहरु समेत चलाउने योजना ल्याउन सकेनन जसका कारण आज लाखौ जनशक्ति बाध्य भएर प्रवासमा पसीना बगाइ रहेको छ, जस्को प्रतिबिम्ब पात्र मात्र हु म ।

नवलपरासीको २७ वटा उद्दोग, कलकारखाना र चितवनका तराई बोतलर्स, बिशेष टेक्सटायल्स, आस्था टेक्सटायल्स लगायतका ११ वटा उद्दोगहरूमा क़रीब बाइस / पच्चीस हजार कामदारहरूले काम गर्थे जसमध्ये धेरैजसो कारखानाको कच्चा पदार्थ बाहिरबाट आउने र उत्पादित बस्तुको निर्यात पनि बाहिर नै हुने गर्दथ्यो ।

सबै जसो कलकारखाना र उद्दोगहरूमा राजनितिक दल (नेकपा एमाले र नेकॉ) का भातृसंस्था मजदुर यूनियनहरू थिए ! सरकारी निति नियम र ट्रेड युनीयनहरूको नियम बिचको असमानजस्यताका कारण त्यतिका संख्याका मजदुरहरू बिस्थापित हुन पुगे भने ती उधोगधन्दाहरू झन्डै १० प्रतिशत मात्र संचालनमा छन ।

त्यतिका संख्याका कलकारखानाहरु बन्द हुनुमा प्रमुख सरकारको औघोगिक निति राम्रो नहुनु, उत्पादित बजारको ब्यवस्था गर्न नसक्नु, सरकारी र निजी उधोगहरूमा बिना कुनै रोकतोक मजदुर युनियन खोल्न दिनु, त्यसभित्र ब्यापक राजनितिक चलखेल हुनु र नियमित ढंगबाट निरिक्षण नहुनु नै हो ।

मजदुर युनीयनमा काम गर्ने कतिपय नेताहरू पार्टीका पुर्णकालिन कार्यकर्ता हुन पुगे त कतिपय बिदेशिन बाध्य भए ! राजनिती गर्नेहरूका लागि एक समय निकै सजिलो बन्यो बिद्यालय र कलेजहरूमा शसक्त बिद्यार्थी युनियनहरू त कलाकारखानाहरूमा मज़दूर युनीयन, शिक्षक युनीयन र कर्मचारी युनीयन यी सबैमा राजनिति बिषय निकै ब्यवहारिक थियो, राजनितिमा अभ्यास्त हुने अवसर पनि थियो त अर्कोतिर प्रजातान्त्रिक ब्यवस्थाप्रति जनताहरूको आशा, भरोसा र पुर्ण बिश्वास थियो ।

जसले सयौ कार्यकर्ताहरूलाई नेता बनाउन मद्दत पुग्यो त नेताहरूलाई मन्त्री । आज एउटा पुस्ता देश बदल्ने सपना बोकेर बिकट कालिकोट,जाजरकोट,रूकुम,रोल्पा, मनॉगं, मुस्तागं, डोल्पा, हुम्ला र पुर्वको झापा,ईलाम, पॉचथर र संखुवासवादेखि काठमाडौ शहर पस्दछ, बिस्तारै बिद्यार्थी राजनितिबाट यात्रा सुरू गर्दै नेताहरूसंग घुलमिल हुन्छ नेताहरूको आश्वासनमा नेता हुने रहरमा डेरा पक्का गरी शहरीया हुन्छ ।

बिचरा स्कूल छोडेर सपनाको झोला बोकेर यात्रामा लम्किदा उसको यौवन कलकलाउदो थियो तर आज उ आफ्नो फोटो ऐनामा हेर्दा छक्क पर्छ र मनमनै सोच्दछ होला, कतै यो बाटो गलत त छैन ? फेरि चित्त बुझाउदछ तिनै ७०-७५ नाघेकाहरूले राजनितिप्रतिको लिप्तताको लड़ाई हेरेर भन्छ होला म बल्ल ४०-४५ भएछु ।

यसरी लतको राजनितिले ती युवाहरूलाई मात्र होइन कैयौ बिद्यार्थी र मजदुर किसानहरूलाई समेत बाध्यताको बन्दी राजनितिमा हिडाई रहेको छ । आजको अवस्था देख्दा लाग्दछ अझै १०-१५ बर्ष निरन्तर लड़ाई नलेडेसम्म त्यो पदमा पुगीदैन र परिवर्तनका लागि बोकेर हिडेका सपनाका खोकाहरूमा खई लागिसकेको हुनेछ र सोच बदलेर छोटो समयमा ठॉउमा पुगियो भने पहिले आफ्नै लागि केहि गरौ भन्ने सोच आउदछ ।

चरित्र र सोचमा जबसम्म सामूहिक परिवर्तन हुदैन तबसम्म ब्यक्तिबादी सपनाका खोकाहरू पानीका फोका जस्तै हुनेगर्दछन । ति बिद्यार्थी युवाहरूको सपना काठमाडौमा आएर थुप्रिए भने मज़दूरहरूका सपना अरब, मलेसीया र युरोपका पुछारतिर थन्किएका छन । निरन्तरताको अथक प्रयास र त्यसबाट प्राप्त उपलब्धीहरूको परिणामलाई संगठन भन्दा ब्यक्ति बलियो हुने कुरामा प्रयोग गर्ने र संगठनका लागि हिड्नेहरूको मूल्याँकन गर्ने बिधी र पद्वति भएन भने संगठन कमजोर हुन्छ र त्यसप्रति जनताको बिश्वास र भरोसा हराएर जानेछ ।

आज परिवर्तनका नाममा सरकार बन्ने र बनाउने, नेता बन्ने र कमाउने कुराहरू भन्दा एउटा पनि बिषयमा आत्मनिर्भर हुने र जनताले आहत महशुस हुने गरि दिर्घकालिन योजना र भएका भौतिक पुर्वाधारहरूमा सुधार हुनसकिरहेको छैन । आजको राजनितिक अवस्था देख्दा बिगतको समयमा हामी जस्ता हजारौ बिद्यार्थी, मजदुर र श्रमिकहरूले कतै गल्ती त गरेनौ भन्ने लाग्दछ, तर आशाका किरणहरू मरेका छैनन ।

लोकतन्त्र बलियो भयो र बिधीको शासन र सिद्वान्तको राजनितीक गर्ने परिपार्टी बसाल्न सक्ने सोच नेताहरूमा आएछ भने एकदिन खुशी हुदै छहारीदिने रूख मुनि बसेर राष्ट्रीयता, लोकतन्त्र र समाजबादका गाथा गॉउला । नत्र यो मन धर्की रहनेछ !

Leave a Reply