Tuesday, January 19, 2021
Home > mophosala > हार्दिक श्रद्धाञ्जली

हार्दिक श्रद्धाञ्जली

🌹हार्दिक श्रद्धाञ्जली 🌹
प्रेम शेर्मा माङजाबुङ्गे चलचित्र निर्देशक मात्र थिएनन्। वास्तवमा माङजाबुङ्गे एक सामाजिक राजनिती अभियन्ता थिए। प्रदिप नेपालद्वारा लिखित “देउमाइको किनारमा” सहिद रत्न कुमार बान्तावाको संघर्षशील जीवन कहानिमा आधारित एक बियोगान्तक फिचर फिल्म थियो। त्यो चलचित्र प्रदर्शनीले पूर्वान्चल लाल किल्लामा परिणत भयो। जो जसले त्यस चलचित्रमा अभिनय गरेका थिए ती सब आज अलग थलग राजनिती आस्था र अभियानमा बांडिएका छन्। सबै एक ठाम छैनन् परन्तु त्यो बिगत यस्तो थियो जहाँ जसरी सबै जुटेपछिको परिणाम बामपन्थी राजनितिको झोलिमा पारिदिए। परिवर्तनका ती अभियन्ताहरु, उनिहरुकै दिग्बिजयपछी निर्माण भएको बामपन्थि सरकारको नजरमा वेवास्ताको सिकार मात्र भैरहेका छैनन्, गल्लिको कुकुर जस्तै औशधोमूलो र अस्पताल नहेरी आज दम तोडिरहेका छन्। धिक्कार छ वाम सरकार। प्रेम शेर्माहरु वेवास्ता भएको देशमा सूर्य थापाहरुले राजधानी र मोफसलका जनता जनार्दनहरुलाई “पाखे” भनेर झपारी रहेका छन्। सूर्य थापाको जिब्रो एक दिन पाखेहरुले थुतेर च्यात्ने दिन नजिक नजिक आइरहेको छ। प्रेम शेर्मा माङ्जाबुङे प्रती सच्चा मनले हार्दिक श्रद्धाञ्जली !!
जय नेपाल।

Leave a Reply