“इतिहास साक्षी छ”
अब नेपाली जनताले ईतिहासको पाना हेरौ र समिक्षा गरौ ।
३०/४० बर्षको ईतिहासलाई हेर्दा जब जब देशमा ठुला संकत र समस्या आएको थियो,त्यतिबेला नेपाली काग्रेसले अग्रणी ,नेतृत्वदायी भूमिका सफल रुपमा निभाएको छ ।
देशमा एकदलिय पंचायती ब्यबस्थाको बिरुद्द देशका सबै दल आन्दोलनमा थिए ।२०४६ मा ठुलो र अन्तिम आन्दोलन भयो र एक दलीय पंचायती ब्यबस्थाबाट संबैधानिक राजा सहितको बहुदलीय ब्यबस्था ल्याउन सफल भयो त्यो आन्दोलनको नेतृत्व नेपाली काग्रेसका नेता लौहपुरुष गणेशमान सिंहले गर्नु भएको थियो ।
त्यसपछि जनताको आन्दोलनबाट आएको राजा सहितको बहुदलीय ब्यबस्थाको संबिधान बनाऊने काम नेपाली काग्रेसका संन्त नेता कृष्ण प्रसाद भट्टराईको नेतृत्वमा भएको थियो ।
बहुदल आई सके पछि फेरी देशमा राजनैतिक खिचातानी भयो माओवादी नाममा।माओबादी जंगल पस्यो ,माओबादी र राज्यपक्ष बीच राजनैतिक मात्रै नभएर सांघातिक आक्रमण शुरू भयो । १०बर्ष जनयुद्दमा दुबै पक्षबाट हजारौ नेपाल आमाका छोरा छोरीले ज्यान गुमाउन पुगे ।
हजारौ बालबच्चाहरु टुहुरा टुहुरी हुन पुगे,हजारौ बिधुवा बन्न पुगे ,हजारौ बाबा आमा बेसाहारा बन्न पुगे देशमा।त्यसै बेला राजा ज्ञानेन्द्रले जनताबाट निर्वाचित प्रधानमंत्री शेर बहादुर देउवालाई अपदस्त गरेर आफ्नो हातमा सत्ता लिएका कारण माओबीदी बाहेकका दलहरु पनि राजा बिरुद्दको आन्दोलनमा थिए ।
अन्यमा सबै दलहरुको बार्ताबाट जंगलमा रहेका माओबादीहरु संग बिभिन्न बुदामा संम्झौता गरे र राजा बिरुद्दको २०६२/२०६३ मा ठुलो आन्दोलन भयो। त्यसको नेतृत्व नेपाली काग्रेसका नेता गिरिजाप्रसाद कोईरालाले गर्नु भएको थियो र आन्दोलन सफल भयो।राजालाई सधैंको लागी फालियो ।
त्यस पछि देशमा २०६४ मा आम चुनाब भयो,नेपाली कांग्रेस कम्जोर भयो। देशको संबिधान बनाऊने नेतृत्व कम्युनिस्ट नेतृत्वमा गयो ।कयौ कम्युनिस्ट प्रधानमंत्री भए तर संबिधान बनाऊन सकेनन्। उल्टै जनताबाट चुनिएका पहिलो संबिधान शभालाई बिघटन गर्ने काम भयो ।संबिधान बनाऊन सकेनन्।
फेरी देशमा राजनैतिक खिचातानी भयो । सबैदलको सहमतिमा सर्बोच्च अदालतको प्रधान न्यायाधीशलाई राष्ट्रप्रमुख बनाएर २०७० मा आम चुनाब भयो । नेपाली जनताले पुन: नेपाली कांग्रेसलाई सत्तामा पुर्याए र नेपाली काग्रेसको नेतृत्वमा नेपाली जनताको आन्दोलनबाट पाएको उपलब्धीलाई लिपिबद्ध गर्ने संबिधान बनाऊने नेतृत्व पायो र नेपालको संबिधान २०७२ जारी भयो ।त्यो संबिधान २०७२ बनाऊने काम पनि नेपाली काग्रेसकै नेता शुशिल कोईराले गर्नु भएको थियो ।
२०७२ मा जारी भएको नेपालको संबिधानलाई कार्यान्वयन गर्नु पर्ने थियो र मान्यता दिनु पर्ने थियो ।त्यसलाई कार्यान्वयन गर्नको लागी स्थानिय र आम चुनाब गराउनु पर्ने थियो । संबिधान बनि सकेपछि स्थानिय चुनाब भयो ।त्यो चुनाब गर्ने नेतृत्व नेपाली काग्रेसका नेता पार्टी सभापति शेर बहादुर देउवाले गर्नु भएको थियो ।
देशको हरेक ठुला ठुला घटनाहरुको नेतृत्व काग्रेसले गरेको छ र सफल पारेको इतिहास सबैमा जग जायर छ ।देशको सबैखाले समस्याहरु पार गर्दै अब देश बिकासको बाटोमा आएको थियो।देश बिकास गर्ने पनि काग्रेसकै नेतृत्वमा हुनु पर्ने थियो तर नेपाली जनताले नेपाली काग्रेसलाई २०७४ को आम चुनाबमा गलत ढंगले निर्णय दिए। यसको परिणाम देशले भोग्दै छ। नेपाली जनता कम्युनिस्टहरुको ललीपपमा फसे।देशको ईतिहासलाई भुले,सायद नेपाली जनताले आफुले गरेको भुलबाट पछुताएको हुनु पर्छ।
देशको कहिले कुन ठुला घटनाहरुको कम्युनिस्ट ले नेतृत्व गरेको छ र सफल भएको छ?ईतिहास साक्षी छनी,यो ईतिहासको कुरा हो ।
अहिले देशको अबस्था के भै रहेको छ त्यहीबाट थाहा हुन्छ।अहिले कम्युनिस्ट सरकार छ करोडौ,अरबौ भ्रष्टाचार भैरहेको बिषय कम्युनिस्टकै कार्यकर्ता बाटै सुन्न पाईन्छ। कम्युनिस्ट भनेको त कमाऊनिष्ट भएको जस्तो ब्यवहार देखाई रहेका छन । कमिसन खाएर कमाऊनेमा होडबाजी भएको दखिन्छ।कहाँ बाँट कति कमिसन आउछ ,त्यति मात्रै सोच राखेको देखिन्छ ।देशको कसरी बिकास गर्ने बिषयमा कहिलै बहस भएको सुनिदैन,सधै पार्टी भित्रकै पद कुर्सीको झगडा मात्रै सुनिन्छ ,देखिन्छ ।
नेपाली जनताले ठुलो आसा र भरोसा गरेर कम्युनिस्टहरुलाई सत्तामा पुर्याएका थिए ।तर अहिले जनताले सोचें जस्तो महसूस गरेका छैनन्।
अहिले बिश्वमै कोरोना(COVID-19)ले अस्त ब्यस्त बनाएको बेला नेपाल सरकारले कोरोना रोकथाम कोष खडा गर्यो । नेपाली काग्रेस केन्द्रले तत्कालै नेपाल सरकारले निर्माण गरेको कोरोना रोकथाम कोषमा ५०(पचास लाख)जनताको सुऱक्षाको लागी जम्मा गर्यो ।
देश बिदेशबाट नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले आफ्नो गाँस कताएर हरेक गाऊमा सहयोग गरे र दिन दु;खी जनताहरुलाई मलम लगाउने काम गरेका छन ,जनताहरुलाई दिने सहयोगमा जिम्मेबारी बनेका छन ,देखिन्छन । तर नेकपाको केन्द्रीय पार्टीले कहीं कतै कोरोना रोकथाम कोषमा पार्टीको तर्फबाट सहयोग गरेको देख्नु भएको छ ?
यसरी थाहा हुन्छ को जीम्मेबारी छ भनेर देश र जनता प्रति। अब नेपाली जनताले नेपाली ईतिहासको पाना पल्टाउनु पर्छ र ईतिहास र बर्तमानको समिक्षा गर्नु पर्छ।
# शर्मिला पोखरेल अधिकारी
महासचिव-नेपाल प्रजातान्त्रिक महासंघ
प्रदेश १