Wednesday, January 27, 2021
Home > mophosala > मिलिजुली टिकटक परिवारले गर्याे खाधान्न तथा लत्ता कपडा वितरण

मिलिजुली टिकटक परिवारले गर्याे खाधान्न तथा लत्ता कपडा वितरण

काठमान्डाै। काठमाण्डौ को गंगबु स्थित हिमालयन वृद्ध आश्रममा मिलिजुली टिकटक परिवारले आश्रममा रहेका वृद्ध वृद्धाहरूलाई खाधान्न तथा लत्ता कपडा वितरण गरेकाे छ।

उक्त खाधान्न तथा लत्ता कपडा वितरण कार्यक्रममा दाल,चिनी, साबुन,सरफ,चिउरा,चियापत्ती,फिनेल,सेनिटाइजर,र जाडोमा ओडनको लागि तातो ३५ थान ब्लाङकेट हस्तान्तरण गरियकाे थियाे।

सोसल मिडियामा अत्यन्तै चर्चित करोडौले प्रयोग गर्ने टिकटकको माध्यमबाट सामाजिक सेवा गर्न सकिन्छ भन्ने अत्यन्तै प्रेरणादायी कार्य मिलिजुली परिवारबाट भएको छ।

यस परिवारमा नेपाल लगायत विदेशमा रहेका सबै परिवारका सदस्यहरूले आगामी दिनहरुमा पनि यस्तै कार्यहरू गर्दैजाने प्रतिबद्ध यस कार्यक्रमका संयोजक श्री राजन कडेलले पलपलखवरलाई जानकारी गराए।

उक्त वृद्ध आश्रममा गरियकाे कार्यक्रममा रु ६० हजार सम्मकाे खाधान्न लत्ता कपडा प्रदान गरिएको जानकारी समेत खाधान्न तथा लत्ता कपडा वितरण कार्यक्रमका संयोजक कडेलले बताए ।

Leave a Reply