Tuesday, January 26, 2021
Home > mophosala > USB सेवा, इन्साइड बागलुङ र USB गलकोट सेवा द्वारा राहत वितरण

USB सेवा, इन्साइड बागलुङ र USB गलकोट सेवा द्वारा राहत वितरण

बागलुङ। USB सेवा, इन्साइड बागलुङ र गलकोट यू. एस. वी सेवा द्वारा ढोरपाटन नगरपालिका अन्तर्गत का बाडी पीडित वार्ड हरुमा राहत वितरण गरेकाे छ ।
२०७७ साल भाद्र १७ गते भारी वर्षा को कारण भूजिखोलामा बाडी आउँदा बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका अन्तर्गत वार्ड नं ६,७,८ र ९ प्रभावित भएका थिए। सो बाडी र पहिरोको कारण ठूलो राशिको धनजनको क्षति भएको थियो।
२४ जनको मृत्यु र १४ जना अझै वेपत्ता रहेका र ६५ घरपरिवार काे घर सम्पति पूर्ण क्षति र ६१ घरपरिवार आंशिक क्षति भएको थियाे।बाडी  पीडित हरुलाई राहत प्रदान गर्ने हेतुले यू. एस. वी सेवा, इन्साइड बागलुङ र गलकोट यूएसबी सेवा ले संयुक्त रूपमा दुःखमा मल्हम भन्ने नाराका साथ राहत कोष स्थापना गरेको थियो।
        
देश विदेशमा रहनुहुने सहयोग दाता हरुबाट प्राप्त सहयोग रकम मृतक परिवारका २३ घरलाई ६, १३,००० ( अक्षय रूपी छ लाख तेह्र हजार), घर सम्पति पूर्ण क्षति भएका ५५ घरपरिवारलाई रू ४,४०,००० ( अक्षय रूपी चार लाख चालीस हजार ), आंसिक क्षति भएका ६१ जनालाई रू ७१,००० ( एकहत्तर हजार) र रू ३५,००० ( अक्षय रूपी पैंतीस हजार) बराबर काे स्टेशनरी, वाल मनोरञ्जन सामाग्री र स्वास्थ्य सामग्री लगायत काे सामग्री गरी कुल रकम रू ११,७९,००० ( एघार लाख उनासी हजार) गलकोट यू एस वी सेवा का प्रेसिडेन्ट केशवबिक्रम सिंह र इन्साइड बागलुङ का संस्थापक प्रेसिडेन्ट राजकुमार श्रेष्ठ र यसै संस्थाका सदस्य जीवन मल्ल काे समन्वय र यू. एस. वी सेवा का प्रेसिडेन्ट आकाश यु एस वी थापाको अध्यक्षतामा वितरण गरियकाे हाे।
      
ढोरपाटन नगरपालिकाको रोहबरमा वार्ड नं ९ काे वार्ड कार्यालय बाट पीडित हरुलाई वितरण गरियकाे र राहत वितरण काे लागि ध्रुव शेरचन, दिपेन्द्र श्रेष्ठ, यामु पौवि, राज कुमार रसाइली, भिमु क्षत्री, डिकु ठकुरी, दिलीप खत्री, उपेन्द्र बम मल्ल र कल्याण कायत लगायत काे टिम काठमाण्डौ, पोखरा, गलकोट र बुर्तिबाङ बाट गएको जानकारी आई. टि. एफ का जिल्ला अध्यक्ष दिपेन्द्र श्रेष्ठले दिए।
बाडी पीडित वालवालिकाको शिक्षा स्वास्थ्यको लागि थप पहल गरिरहेको र तमान् खोला गाउँपालिका, निसिखोला गाउँपालिका र बढिघाट गाउँपालिका का बाडी काे कारण मृत्यु भएका व्यक्ति हरुको परिवार जन लाई केही दिन पछि नै राहत प्रदान गर्ने कार्यक्रम रहेको जानकारी इन्साइड बागलुङ का संस्थापक प्रेसिडेन्ट राजकुमार श्रेष्ठले दिए। राहत वितरण कार्यक्रम काे सञ्चालन बुर्तिबाङ राइजिङ युवा क्लबका अध्यक्ष यामु पौबिले गरेका थिए।

Leave a Reply