Sunday, January 24, 2021
Home > mophosala > कुलमानको समर्थकलाई भाटा हानेर सरकार निरिह बन्योः नविन्द्रराज जोशी

कुलमानको समर्थकलाई भाटा हानेर सरकार निरिह बन्योः नविन्द्रराज जोशी

 काडमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंव पूर्वमन्त्री नविन्द्रराज जोशीले सरकारले प्रधानमन्त्री केपी ओलीको समर्थनमा  आएकाहरुलाई  जयजयकार गरेर कुलमान घिसिङको समर्थनमा प्रदर्शन गर्नेहरुमाथि दमनको नीति लिन नालायकीपन भएको बताएका छन् ।

गणेशमान सिंह स्मृति प्रतिष्ठानको आयोजनामा भएको ‘संविधान, लोकतान्त्रीक पद्धति र सरकारको कार्यशैली’ विषयक भर्चुअल कार्यक्रमलाई संवोधन गर्दै यस्तो बताएका हुन् ।

कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणमा पूनः नियुक्तको माग गर्दै माइतिघर पुगेका प्रदर्शनकारी माथि प्रहरीको बरबर आक्रमणको दमनबाट नै सरकारको कार्यशैली प्रष्ट हुने उनले बताए ।

लोकतन्त्रमा जो कोहिले विरोध र समर्थन गर्न पाउने जिकिर गर्दै त्यस्तो कार्य तत्काल बन्द गर्न सरकारलाई चेतावनी दिए । अर्को प्रशंगमा उनले स्थानीय सरकार अधिकार सम्पन्न भइसकेको अवस्थामा जनप्रतिनिधिले प्रशासन गुहार्नु गलत हुने समेत प्रष्ट्याए ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसकी केन्द्रीय सदस्य पुष्पा भुषालले संविधानलाई निःर्शत पालना गर्नमा सरकार चुकेको बताइन् । भूषालले संविधानवादलाई कमजोर पारेर आफु अनुकुल केन्द्रीकृत शासन प्रणाली तर्फ सरकार उन्मूख भइरहेको उनले आरोप लगाइन ।

वरिष्ठ पत्रकार प्रतिक प्रधानले संविधानको सम्पूर्ण नम्सलाई सरकारले तोड्दै गएको दावि गरे । उनले बहुमतका आधारमा सरकारले विद्ययकहरु पारित गर्दै जानु संविधानको उपहास भएको जिकिर गरे । संघीयतालाई कमजोर पारेर केन्द्रीकृत शासन प्रणाली सरकारले अवलम्वन गर्दै गएको प्रधानले बताए ।

Leave a Reply