Monday, January 25, 2021
Home > mophosala > कांग्रेस नेताद्धारा बाढी पीडितलाई किरिया खर्च स्वरूप आर्थिक सहयोग

कांग्रेस नेताद्धारा बाढी पीडितलाई किरिया खर्च स्वरूप आर्थिक सहयोग

कालिकोट । जिल्लाको बिभिन्न स्थानिय तहमा बाढी र पहिरोमा परि ज्यान गुमाएका व्यक्तिहरूका आफन्तलाई नेपाली कांग्रेस कालीकाेटले  किरिया खर्च स्वरूप आर्थिक सहयोग गरेको छ ।
नेपाली कांग्रेस कालिकोटका महासमिति सदस्य तथा लोकप्रिय युवा नेता भुपेन्द्रजंग शाही, पार्टि सभापति हर्स बहादुर बम, मोतिराज बम लगायतका नेताहरुले जिल्लाको रास्कोट, पलाँता र सान्नीत्रिवेणी गाँउपालिका बाढी पीडित परिवारहरुलाई सहयोग गरेका हुन् ।
जिल्लाको रास्कोट नगरपालिका वडा नं. १ का जयबहादुर शाही, उनका दुई छोरी एक छोरा गरी ४ जना, डम्बर शाहीकी एक छोरी, गगने भण्डारीकी आमा, सान्नीत्रिवेणी गाँउपालिका वडा नं. ७ का महाबिर शाहीकी एक छोरी, सान्नीत्रवेणी गाँउपालिका वडा नं. ६ का कुल संज्यालकी श्रमति र पलाँता गाँउपालिका वडा नं. ८ का कमल रोकायाका आफन्तहरुलाई कांग्रेसले प्रति परिवार पाँच हजारका दरले सहयोग गरेको छ ।
यस अघि नेपाली कांग्रेसले जिल्लाको नरहरीनाथ गाँउपालिकामा पहिरोमा परी ज्यान गुमाएका १५ जनाका परिबार र जिल्लाको तिलागुफा नगरपालिका वडा नं. १ नाग्म बजारमा पहिरोमा परी ज्यान गुमाएका ४ जनाका परिवारहरुलाई सहयोग गरिसकेको छ ।
कांग्रेस युवा नेता भुपेन्द्रजंग शाहीले जिल्लामा लगातारको बर्षा र बाढी पहिरोमा परी ज्यान गुमाएका सबै परिवारहरुलाई नेपाली कांग्रेसले सहयोग गर्ने अभियान सुरु गरेको बताए । उनका अनुसार बाकी बाढी र पहिरो पीडितहरुलाई पनि तत्काल सहयोग गर्ने तयारी गरिएको छ।
कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाही, नेपाली कांग्रेस कालिकोटका पाटी सभापती हर्षबहादुर बम, कांग्रेस नेता मोतिराज बम, दमनबहादुर शाही, तारा शाहा, नगेन्द्र बिष्ट, नन्दबहादुर शाही, दानबहादुर बम लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply