Tuesday, January 26, 2021
Home > mophosala > “कम्युनिस्ट सरकारले अधिनायकवाद लादेको भन्दै’ कांग्रेस प्रवेशको लहर कायमै

“कम्युनिस्ट सरकारले अधिनायकवाद लादेको भन्दै’ कांग्रेस प्रवेशको लहर कायमै

कालिकोट। जिल्लाको खाडाचक्र नगरपालिकाका विभिन्न् वडाहरूबाट ‘कम्युनिस्ट सरकारले अधिनायकवाद लादेको भन्दै जनताको बोली नसुन्ने पार्टिको पछि लागेर आफ्नो भविष्य खतरामा पर्न सक्ने’ चिन्ता गर्दै नेकपा परित्याग गरि यूवाहरू नेपाली काङ्ग्रेस प्रवेस गर्ने सिलसिला जारी रहेको छ।

खाँडाचक्र नगरपालिका वडा नं १ मा पुरै परवार प्रवेश गरे लगत्तै वडा नं २ मा एउटा सिंगै दलित बस्ति नै आयको थियो यसैक्रममा नपाकै वडा नं ७ मा जुजारू यूवा सहित १५० जनाको टोलि कांग्रेस प्रवेस गरेको थियो।

खाँडाचक्र नगरपालिकामा मात्र नभइ जिल्लाको ९ वटै स्थानिय तहमा नेकपा र अन्य पार्टि परित्याग गर्दै नेपाली कांग्रेस प्रवेश गर्नेको लस्करै लागेको ने वि संघका उपाअध्यक्ष जगत जंग बिष्टले पलपलखवरलाई जानकारी दिए।

अविरल वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा बाढि पहिरोले जन धनको क्षेति गरेको क्षेति ग्रस्थस्थान र पिडित परिवारजनहरूलाई भेट्दै विभिन्न राहातका प्याकेज बोकेर गाउँ अभियानमा हिनेको कांग्रेस इच्छुकहरूलाई पार्टि प्रवेश पनि गराईरहेको हो।                 

भेटघाटका क्रममा खाँडाचक्र नपा वडा नं ६ सेरामा ६० जना यूवाहरू नेकपा परीत्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन। पार्टि प्रवेश कार्यक्रममा कांग्रेसका टोल सभापति टिकाराम भट्टराई को सभापतित्व रहेको थियो।

नेपाली काङ्ग्रेस का युवा नेता भुपेन्द्रजंग शाही को प्रमुख आतिथ्यतामा संचालित कार्यक्रम जिल्ला सदस्य तारा शाह को बिशेष अथिति जिल्ला सदस्य खडक जंग शाही अथिति रहेका थिए।

उक्त कार्यक्रममा नेबि संघ का अध्यक्ष नेत्र शाही,नेबि संघ का उपाध्यक्ष जगत जंग बिष्ट,तरुण दल सचीव दमन शाही,गएको स्थानीय चुनाव का उपमेयर का उम्मेदवार राजकउरा शाही लगएत का अतिथिहरुको उपस्तिथि मा कार्यक्रम सम्पन्न भएको हो।

काङ्ग्रेस प्रवेश गर्नु को कारण कम्युनिस्ट सरकार ले अधिनायकवाद लादेको र चरम भ्रष्टाचार गरेको’।त्यहाँ बाट नेका वडा ६ सचीव दिरेन्द्र शाही ले बताउनु भयो।

Leave a Reply