काठमान्डौ। नेपाली कांग्रेसका संस्थापक नेता २०४६ को जनआन्दोलनका कमाण्डर लौहपुरुष स्वर्गीय गणेशमान सिंहको २३ औँ स्मृति दिवसको अवसरमा सामाखुसीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
उक्त रक्तदान कार्यक्रममा ७० जनाले रक्तदान गरेको कार्यक्रमका सदस्य माधव सेढाईले पलपलखबरलाई बताएका हुन । नेपाली कांग्रेस टोखा नगरपालिका–१०, काठमाडौंको आयोजना तथा नेपाल तरुणदल काठमाडौं जिल्ला सदस्य एवं प्रशिक्षण विभाग प्रमुख तथा युवा नेता दिपक थापाको संयोजकत्वमा शनिबार उक्त कार्यक्रम सम्पन्न भएको हाे।
रक्तदान कार्यक्रममा नेपाली कांग्रेसका काठमाडौं जिल्ला सभापति कृष्ण सबुज बाँनियाको प्रमुख आतिथ्यता रहेको थियो। साथै बागमति प्रदेशका सांसद जीवन डंगोल, टोखा नगरपालिका–१० का इकाई सभपति तेज प्रसाद सेढाई, नेपाली काँग्रेस ताकेश्वर नगरपालिका सभापति श्रीकृष्ण थापा, नेपाल रेडक्रस काठमाडौं जिल्ला उप–सभापति कमल नकर्मीको पनि उपस्थिति रहेको थियो।