Wednesday, January 27, 2021
Home > mophosala > एन आर एन अमेरिकाका उपाध्यक्ष बुद्धि सुबेदि द्वारा बाढिपहिरो पिडित लाई सहयोग प्रदान

एन आर एन अमेरिकाका उपाध्यक्ष बुद्धि सुबेदि द्वारा बाढिपहिरो पिडित लाई सहयोग प्रदान

गैर आवासिय नेपाली सँघ (एन आर एन ए )अमेरिका मध्य पश्चिम क्षेत्रका उपाध्यक्ष तथा समाजसेवि बुद्धि सुबेदिले कालिकोटका बाढिपहिराे पीडितलाई अमेरिका बाट नेपाल तरुण दलका नेता राजकुमार हमाल मार्फत सहयोग प्रदान गरेका छन्।

हाल अमेरिका बस्दै आउनु भयका सुबेदिले सिङो नेपाल सङै कालिकोट जिल्ला सङ आफ्नो गहिरो नाता रहेको बताउदै दुख को बेला सहयोग गर्नु सबै नेपाली को कर्तब्य भयको बताउनु भयो। यो बर्सको बाढिपहिरोले कालिकोट जिल्लामा ५० जनाको ज्यान गयको छ भने धेरै नै धन जन को क्षेति भयको छ्।

यसै मध्य तिलागुफा नगरपालिका १ नाग्ममा यहि मिति २०७७ भाद्र १२ गते गएको पहिरोमा परि ज्यान गुमाएका १० जना मृतकका आफन्त र परिबारजनहरुलाइ सहानुभूति र सम्बेदना सहित अमेरिका बाट सहयाेग गरियको हाे । पहिरो बाट मृत्यु भयका प्रत्यक परिवारलाई खाद्यान्न र नगद सहयाेग गरियको युवा नेता राजकुमार हमालले जानकारी गराए।

अमेरिकामा बस्ने नेपाली हरु, एन आर एन अमेरिकाका उपाध्यक्ष बुद्धि सुबेदि र हमालको पहलमा झन्डै दुइ लाख बराबर को सहयोग गरियको छ। एन आर एन अमेरिकाका उपाध्यक्ष एबम कमलो मनका धनि बुद्धि सुबेदिले एउटा सामाजिक उत्तरदायित्व, सेवा भाब र मानवियताको नाताले पहिराे पिडित परिबारलाइ आफुले सकेको सहयाेग सधै गर्ने बताए ।

उहाले आफु बिदेशमा भएपनि नेपाली प्रतिको सद्भाव र सेवामा तत्पर रहने भावनाका साथमा सहयोग गरियको बताउदै उक्त कार्यले आफुलाई सकारात्मक उर्जा सधै प्रदान गरेको बताउनु भयो।बिदेसमा भएपनि नेपालीको दुखमा सधै साथमा रहने प्रतिबद्दता ब्यक्त गरे ।

यसैगरि पहिरो पिड्त परिबारलाइ भेटघाट तथा राहत प्रदान गर्ने कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेसका युवा नेता भुपेन्द्र जङ शाहीले बुद्धि सुबेदि र राजकुमार हमाल लाइ बिदेस बाट पनि आफ्नो देसलाइ माया गरेर पिडित परिबार लाइ आर्थिक सहयोग गरेकोमा धन्यवाद दिए।

पहिराे पीडित परिवारलाई भेट्घाट कार्यक्रममा नेपाली काँग्रेस कालिकाेटका उपसभापती संकरप्रसाद उपाध्याय, बरिष्ट नेता अम्मबहादुर शाही, नन्दबहादुर शाही, मनराज शाही , नबिन हमाल , कृस्ण उपाध्याय , बेद प्रसाद पाण्डे लगायतका नेताहरुकाे पनि उपस्थिति रहेकाे थियाे ।

Leave a Reply