Friday, January 22, 2021
Home > mophosala > कालिकोट नाग्मका पहिराे पीडितलाई अमेरिका बाट राजकुमार हमालले गरे सहयोग

कालिकोट नाग्मका पहिराे पीडितलाई अमेरिका बाट राजकुमार हमालले गरे सहयोग

कालिकोट। जिल्लाको तिलागुुफा नपा १ नाग्मका पहिराे पीडितलाई अमेरिका बाट नेपाल तरुण दलका नेता राजकुमार हमालले सहयोग गरेका छन।

नाग्ममा यहि मिति २०७७ भाद्र १२ गते गएको पहिरोमा परि ज्यान गुमाएका १० जना मृतकका आफन्त र परिवाजनहरुलाई सहानुभूति, भेटघाट र सम्बेदना सहित सहयाेग गरियको हाे ।

पहिरो बाट मृत्यु भयका प्रत्यक परिवारलाई खाद्यान्न र नगद सहयाेग गरियको युवा नेता हमालले जानकारी गराय। अमेरिकामा बस्ने नेपाली हरु, एन आर एन अमेरिकाका उपाध्यक्ष बुद्धि सुबेदि र हमालको पहलमा झन्डै दुइ लाख बराबर को सहयोग गरियको छ।

यसैगरि पहिरो पिडितलाई राहत प्रदान गर्ने कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेसका युवा नेता भुपेन्द्र जङ शाहीले बुद्धि सुबेदि र राजकुमार हमाल लाई बिदेस बाट पनि आफ्नो देसलाई माया गरेर पिडित परिवार लाई आर्थिक सहयोग गरेकोमा धेरै धन्यवाद दिएका थिए।

नेता शाहीले २०७४ सालमा सम्पन्न भएकाे प्रतिनिधि सभा निर्बाचनमा प्रतिनिधिसभा सदस्यमा आफु पराजित उम्मेदवार भयपनि एउटा सामाजिक उत्तरदायित्व, सेवा र मानवियताको नाताले पहिराे पिडित परिवारलाई आफुले सकेको सहयाेग सधै गर्ने बताएका थिए ।

शाहीले निर्बाचनमा पराजय भएपनि जनताको दुखमा सधै साथमा रहने प्रतिबद्दता समेत ब्यक्त गरे । पहिराे पीडित परिवारलाई भेट्घाट कार्यक्रममा नेपाली काँग्रेस कालिकाेटका उपसभापती संकरप्रसाद उपाध्याय, बरिष्ट नेता अम्मबहादुर शाही, नन्दबहादुर शाही, मनराज शाही , नबिन हमाल , कृस्ण उपाध्याय , बेद प्रसाद पाण्डे लगायतका नेताहरुकाे पनि उपस्थिति रहेकाे थियाे ।

Leave a Reply