Wednesday, January 27, 2021
Home > mophosala > क्यान्सर पीडितलाई काङ्ग्रेसले गर्याे सहयाेग

क्यान्सर पीडितलाई काङ्ग्रेसले गर्याे सहयाेग

बझाङ। जिल्ला खप्तड-छान्ना गाउँपालिका घर भएका विक्रम बहादुर थापा लामाे समयदेखि फाेक्साेकाे क्यान्सरबाट पीडित छन् । अहिले उनी काठमाडाैँकाे वीर अस्पतालमा उपचार गराइ रहेका छन् ।
क्यान्सरकाे उपचार गर्दा गर्दा परिवारकाे सारा श्रीसम्पत्ति बेचबिखन गरेर सिद्धिएपछि थापालाई नेपाली काङ्ग्रेस बझाङ-काठमाडाैँ सम्पर्क समितिले सहयाेग गरेकाे छ ।
आठ पटक किमाे दिइसकेकाे र अझै किमाे दिनु पर्ने पीडित थापालाई सक्दाे सहयाेग गर्न नेपाली काङ्ग्रेस बझाङ-कामाडाैँ सम्पर्क समितिले केही दिन अघि सार्वजनिक अपिल गरेकाे थियाे ।
विभिन्न मनकारी महानुभावहरुद्वारा प्राप्त जम्मा रू.२३०९३२(दुई लाख तिस हजार नाै सय बत्तिस) रकम बिरामी बसेकाे सुनधारा स्थित साेनी गेस्ट हाउसमा गएर हस्तान्तरण गरिएकाे कुरा सम्पर्क समितिका अध्यक्ष शमशेर कुमार बमले जानकारी गराए ।
यसैगरि बझाङ जिल्ला छान्ना गाउँपालिका वडा नं. ३ घर भएका निरज सुनुवार आन्द्रा र पित्तनलीकाे क्यान्सरबाट पीडित छन् । अहिले उनकाे महाराजगन्ज स्थित त्रि.वि. शिक्षण अस्पतालमा उपचार भइरहेकाे छ ।
क्यान्सरकाे उपचार क्रममा आर्थिक समस्या आइपरेपछि सुनारलाई सहयाेग गर्न पनि नेपाली काङ्ग्रेस बझाङ-काठमाडाै सम्पर्क समिति अघि सरेकाे छ । सुनारका लागि आर्थिक सङ्कलन भइरहेकाे र जम्मा भएकाे रकम केही दिनपछि हस्तान्तरण गरिने जानकारी अध्यक्ष बमले दिएका छन् ।

Leave a Reply